Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ट्रायलमा जाने केश कुन कुन ?

०६ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । कानुनमन्त्री गोबिन्द बन्दीले भनेका छन्– सबैले बुझ्नुपर्छ, द्वन्द्वकालका केही केशमात्र ट्रायलमा जान्छन् । द्वन्द्वकालीन न्याय सम्पादन सम्पन्न गर्न ६ महिनाका लागि सडकबाट मन्त्री बनाइएका बन्दीले आफ्नो काम सम्पन्न गर्न भ्याएनन् । तर उनले शान्त्वना दिएका छन् ।
यी कानुन मन्त्री किन भन्न सक्दैनन, बेपत्ता र मेलमिलाप आयोगमा भएका ६४ हजार उजुरीको के हुन्छ ? ती कुन कुन केश हुन् जो ट्रायलमा जान्छन् ? ती कुन कुन नेता हुन्, जसमाथि ट्रायल हुनसक्छ ? अन्तर्राष्ट्रिय अधिकारवादीहरूले औंल्याएका गम्भीर फौजदारी अपराध क–कसले गरेका छन्, पीडक को को हुन् ? द्वन्द्वकालका नायकहरू जो आज सत्तामा छन्, सत्ताका किङ्पिन बनेका छन्, संसदका नाइके बनेका छन्, तिनहरूमाथि ट्रायल हुन्छ कि हुन्न होला ?