Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल एक चीन नीतिमा अडिग रहेको विश्वास

२३ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

काठमाडौं । नेपालका लागि चीनकी राजदूत हाउ यान्छीले विश्वमा चीन एउटै रहेको र नेपाल एक चीन नीतिमा अडिग छ भन्ने विश्वास व्यक्त गरेकी छिन् । उनले ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्नेमा विश्वस्त छु भनेकी छिन् ।
शुक्रवार राति जापान उड्नु अघि ‘सुपर प्रम’ प्रचण्डले नेपाल एक चीन नीतिमा रहेको भनेका छन् । महामहिम राजदूत यान्छीले नेपाल र चीन असल छिमेकी राष्ट्रको रूपमा रहेको र दुवै देशले एक अर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतालाई बुझ्दै आएको स्मरण गर्दै चीनको एक चीन सिद्धान्त जायज तथा वैध मागहरूलाई पनि बुझ्दै जारी ताइवान मुद्दामा नेपालले चीनको समर्थन गर्ने विश्वास लिएको बताइन् । यही कुरा जान्नका लागि चीनले परराष्ट्रमन्त्रीलाई चीन भ्रमणका लागि निम्तोसमेत दिएको छ । स्मरणीय छ, न्यान्सी पेलोसीको ताइवान भ्रमणले अमेरिका–चीनबीच ठूलै खटपट सुरू भएको छ । चीनको आरोप छ– न्यान्सीको ताइवान भ्रमणले चीनको एक चीन नीति र राजनैतिक जगलाई गम्भीर उल्लंघन गरेको, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई ठूलो आँच पु¥याएको छ । चीनले अमेरिकालाई ताइवान चीनको अभिन्न अंग हो भन्ने थाहा हुँदाहुँदै गरिएको उक्त भ्रमणले १९७१ को संयुक्त राष्ट्र महासभाको प्रस्ताव र आधारभूत वैदेशिक सम्बन्धलाई उल्लंघन गरेको भन्दै देशको सार्वभौमिकता प्रतिरक्षाको निमित्त चीनले जस्तोसुकै कदम चाल्न सक्ने र यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने भनेको छ ।
चीनले पेलोसी परिवारमाथि प्रतिवन्ध लगाएको छ । चीनले पेलोसीको भ्रमणले एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने कार्य गरेको आरोप लगाएको छ । स्रोत भन्छन्– दूताबासहरू पनि बन्द हुन सक्नेछन् । चीनले अमेरिकासंग सहकार्यका रूपमा चाल्दै आएका संवाद, जलवायुु सम्बन्धी वार्ता, सीमापार अपराध रोकथाम तथा अवैध आप्रवासी फिर्ता, प्रतिरक्षा नीति समन्वय वार्ता, सामुद्रीक सैन्य सल्लाह सम्झौता बैठक, अपराधिक मामिलाहरूमा कानूनी सहायतामा सहयोग, अन्तर्राष्ट्रिय अपराधहरूका विरूद्ध सहयोग र मादक पदार्थ विरूद्ध सहयोग सम्बन्धि सहकार्यहरू’ रद्द गरेको छ ।