Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्व हल्लाउने नेतृ

२३ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

काठमाडौं । अमेरिकामा तीन शक्तिशाली व्यक्तिमा पर्ने न्यान्सी पेलोसीले ताइवान भ्रमण के गरिन्, विश्व हल्लियो । सिङ्गो विश्वको ध्यान चीन–अमेरिकाबीचको तनावमा केन्द्रित भएको छ ।
विश्वशक्ति अमेरिका कि चीन ? यही होडबाजीमा छन् यी दुई शक्ति । यसकारण पेलोसीको भ्रमणले सैनिक गतिविधि बढाएको छ, युद्धको माहोल बनेको छ । जापानदेखि भारतमात्र होइन, यसको चपेटामा नेपालसमेत परेको छ । 
पेलोसी तल्लो सदनकी सभामुख हुन् । उनको एउटै भ्रमणले उनलाई अमेरिका–चीनबीचको तनावको इपीसेन्टर बनाइदिएको छ । केही समयदेखि पेलोसीले ताइवान भ्रमण गर्ने बताएदेखि चीनले ‘खबरदारी’ गरिरहेको थियो । यसपल्ट भ्रमणमा गइन् र अमेरिका तथा चीनबीच ठूलै तनाव छताछुल्ल हुनपुगेको छ । १९९१ मा चीनको तियानमेन चोकमा पुगेर नरसंहारको बिरोध गरेकी पेलोसी निर्वासित तिब्बती धर्मगुरू दलाई लामाको निकटस्थ सहयोगीका रूपमा पनि चिनिन्छिन् । पेलोसीको भ्रमणले अमेरिका स्वतन्त्र ताइवानको पक्षमा छ भन्ने सन्देश प्रवाह गरेको छ । पेलोसी चीनको अल्पसंख्यक उइगुर र अन्य मुस्लिमका पक्षमा पनि बोल्नेगर्छिन् ।
चीनले ताइवान केन्द्रित सैनिक कारवाही सुरू गरिसकेको छ । युद्ध नै नछेडिए पनि सैनिक अभ्यासले आतङ्क फैलिएको छ । चीनले हानेका क्षेप्यास्त्र जापानका आर्थिक क्षेत्रमा खस्न पुगेपछि जापान पनि थरहरि हुनपुगेको छ । भनिन्छ, राष्ट्रपति बाइडेन यसरी उत्तेजना बढाउने भ्रमणको पषमा छैनन्, उनी चिन्तित छन् ।