Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रपतिलाई ऐतिहासिक मौका

०९ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

काठमाडौं । नागरिकता बिधेयक आफुहरूले पास गरेर मधेसलाई न्याय गरेको उद्घोष गर्ने नेताले भन्नुपर्छ– देशलाई न्याय भयो कि अन्याय ? देशको सार्वभौमिकतामा आँच पुग्यो कि पुगेन ?
पास गर्ने गठबन्धनका सांसदहरू ‘बाध्यता’ भन्छन् । प्रतिपक्षीहरू ‘राष्ट्रघात’ भयो भन्छन् । नेकपाका ९८, कांग्रेसका ६३, माओवादीका ४९, नेकपा स का २३, जसपाका २१, लोसपाका १३, अन्य ४ सबैलाई अनिवार्य उपस्थित गराएर भोटिङ् गराएको भए नागरिकता विधेयक पास हुन्थ्यो कि हुन्थेन ।
ऐन मौकामा संसदमा नजाने, सडकमा निस्केर बिरोध गर्ने ? विरोधको अर्थ छ ?
ठूला पार्टी, तिनका नेता भनेका हिंसा, झूठ र भ्रमका पर्याय हुन् ?
जालझेलपूर्ण तरिकाले हतारमा नागरिकता विधेयक पास भयो । गठबन्धनमा रहेका पाँचै दलका विषयमा राम्रो सन्देश गएको छैन ।
यो विधेयकबारे राष्ट्रियसभामा विवेकपूर्ण छलफल हुनुपर्छ । सबै सांसद सहभागी भएर निर्णय गर्नुपर्छ । राष्ट्रपतिले पनि यो विधेयक पारित भएर आयो भने यसबारेमा सोच्नुपर्छ । सबैलाई एक मौका आउँछ, सधैं आलोचित राष्ट्रपतिका सामु इतिहास रच्ने मौका आउनेवाला छ । के राष्ट्रपतिले विवेक प्रयोग गर्लिन् त ?