Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मोदी आदिवासी खोज्छन्, हामी आफन्त रोज्छौंं

०९ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

  काठमाडौं । आदिवासी समुदायक सन्थाल जनजातिकी महिला द्रोपदी मुर्मु भारतकी राष्ट्रपति चुनिएकी छिन् । यस्तो प्ररणादायी चमत्कार मोदीको अगुवाइमा भएको छ । उनले चुनावलाई दृष्टिगत गरेरै गरेका होलान् तर देशलाई राजनीतिले कसरी जोड्छ, नागरिक राष्ट्र हो भन्ने मान्यता स्थापित गरिदिए । भारतको खोज र द्रौपदी मुर्मुको त्यागको प्रशंसा गर्नैपर्छ ।
देशको राष्ट्रपतिमा आदिवासी, त्याग–तपस्या भएका व्यक्तित्व खोजिन्छ, नेपालमा आफन्त, परिवार, नातेदार, सम्धि, मित, मितिनी, प्रेमिका अथवा थैली बुझाउने को छ भनेर खोजिन्छ । मुखमा समाजवाद, सर्वहारावाद, व्यवहारमा सामन्तवाद मौलाएको छ नेपालमा । बिगत १५ वर्षमा कस्ता कस्ता सत्ता, शक्तिामा पुगे हेरौं, मूल्याङ्कन गरौं ।