Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वशक्तिको आ“खा नेपालको युरेनियममा

०९ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

काठमाडौं । वनको धनी देश विनष्ट भइसक्यो । पानीको धनी देश, पानीमा विदेशीले नै कब्जा गर्ने र अरूलाई पनि नदिने रणनीतिको चपेटामा नेपालको जलस्रोत परिसक्यो । पहाड, हिमाल धेरै छन् । महाभारतदेखि चुरे र मुस्ताङ क्षेत्रमा युरेनियमको भण्डार रहेको पुष्टि भइसकेको छ । युरेनियम सबैभन्दा महगो धातु हो । आणविक शक्ति उत्पादनका लागि युरेनियम नभइनहुने भएकाले पनि नेपालतिर शक्तिशालीहरूको नजर परेको छ । यहाँसम्म कि नेपालमा पाइने युरेनियम प्राकृतिक स्रोत भएकाले यसमा हाम्रो पनि हक लाग्छ भनेर विदेशीहरूले समेत लाज पचाएर बोल्न थालिकसको छन् ।
तर नेपालको नेतृत्व तह सत्ता, शक्ति र सम्पत्तिमा लुटपुटिएर बसेको छ । राष्ट्र विकास, लोकतन्त्रलाई संस्थागत गर्ने र जनताको जीवन पद्धति बनाउनेतिर कसैको पनि ध्यान छैन । यहीकारण अनेक बहानामा शक्तिराष्ट्रहरू नेपाल पसिरहेका छन् र भूराजनीतिको गोलचक्करमा नेपाललाई फसाइरहेका छन् । यति हुँदा पनि हाम्रा नेतामा चेत फिरेको छैन ।
यतिबेला भारतीय सुरक्षाकर्मी सीबीआई र रअको टोली नेपालमा युरेनियम धुइँधुइती खोजिरहेको छ । यो टोलीले भारतबाट तस्करले नेपाल ल्याएको २७ किलो युरेनियमको खोजी गरिरहेको हो । नेपालको सुरक्षाले पनि यो अपरेशनलाई सघाइरहेको बताइन्छ । अब युरेनियमको लेनदेनको केन्द्र पनि नेपाल हुन थालेको संकेतले सुरक्षा जोखिम बढेको देखिन्छ ।
यो के हो भन्ने प्रश्नमा नेपाल प्रहरी अस्पष्ट देखिन्छ । समाचारअनुसार नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईले सुरक्षाकर्मीको टोली आउनेजाने भइरहने मात्र बताए । अर्का प्रहरी अधिकृत भन्छन्– सूचनाको आदान प्रदान हुनुपर्छ, यसरी भारतीय सुरक्षा अपरेशन हुनु उचित होइन ।
उनका अनुसार २०७७ फागुन २७ गते युरेनियम पक्राउ गरिएको थियो । २२ करोड डलर पर्ने युरेनियम बौद्धबाट खरिदविक्री हुनलाग्दा पक्राउ गरिएको थियो । सो युरेनियम रामेछापका अम्बर तामाङले २० वर्षअघि भारतबाट नेपाल फर्कंदा ल्याएको अनुसन्धानबाट खुलेको थियो । त्यतिबेला ४ जना पक्राउ परेका थिए । यसपछि २०७८ फागुन ३ गते बौद्धबाट २ किलो युरेनियमसहित चारजनालाई पक्राउ गरेको थियो । यतिबेला एउटा गिरोहसँग २७ किलो युरेनियमलाई भारततर्फ पठाउन लागेको सूचनाले सुरक्षा निकाय सक्रिय बनेको छ । यो सूचनाबारे चीन, भारत, अमेरिकी पनि जानकार छन् । यसैबीच युरेनियम भारतीयलाई बेच्न लागेको आशंकामा विराटनगरबाट १५ जना पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरूको सम्पर्कमा रहेकाहरू धमाधम पक्राउ परेका छन् ।
युरेनियम आणविक शक्ति निर्माणको कच्चा पदार्थ हो । यसकारण यसलाई मूल्यवान धातु मानिन्छ । विज्ञहरू भन्छन्– युरेनियम प्रकृतिमा पाइने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो । नेपालमा पेग्माटाइट र ग्रेनाइटजन्य चट्टानमा युरेनियम पत्ता लागिसकेको छ । विशेषज्ञहरूको निरन्तर खोजपछि नेपालका कुन कुन क्षेत्रमा युरेनियमको भण्डार छ भन्ने यकिन भइसकेको छ । यसकारण पनि विश्वशक्ति राष्ट्रको ध्यान नेपालतिर बढ्न थालेको छ । एकातिर शक्तिशाली हुने प्रतिस्पर्धा, अर्कोतिर युरेनियमको खानी र उत्तरदक्षिण दुबैतिर ठूलो बजारका कारणले पनि नेपाल भूराजनीतिको चपेटामा फस्दै जान थालेको हो । नृतृत्वका कमजोरीले नेपालको पञ्चशील र असंलग्न नीति धरमराउँदै गएको छ । गरिब भएकै र नेतृत्व नीतिमा अड्नसक्ने क्षमता नभएकाले पनि नेपाल द्वन्द्वमा फस्न थालेको हो । कम्तिमा नेतृत्व देशभक्त भइदिएको भए यति डरमर्दो अवस्था आउने थिएन । विश्वशक्तिको राप र तापमा नेपाल परिसकेको छ । कसरी उम्किने, बच्ने विषयमा कुनै पनि गम्भीरता कसैमा देखिदैन ।
Mar 17, 2021 — According to a report in the Hindustan Times, the deposit is believed to be of “medium grade" uranium that is 10 kilometers in length and 3 .Scientists finds large uranium deposit in Nepal | World Newshttps-www.hindustantimes.com › world › scientists–fin.    Jun 10, 2014  The Upper Mustang region in Nepal bordering China could have large deposits of uranium, says a recent survey. The ground radiometric survey .
When Girija Babu tried to sell uranium to Israel httpskathmandupost.com › columns › 2021.05.27. May 27, 2021 — Sometime in March, the Nepal Police announced it had arrested four individuals on charges of attempting to sell around 2.5 kgs of uranium.ndian security team in Nepal to search 27kg uranium said to be possessed by a criminal gang.  July 20, 2022 
Indian security team in Nepal to search 27kg uranium said to be possessed by a criminal gang.   KATHMANDU, July 20 A team of Indian security personnel has arrived in  Nepal to search for uranium. A six–member team of Indian Police's Central Bureau of Investigation -CBI_ and Indian intelligence agency– RAW_ has been in Nepal for a week.
Uranium, which is used to develop explosives, was recovered in Nepal for the first time on March 11, 2021. Uranium, which is said to cost 220 Nepal is rich in Uranium | There is so much Uranium in Nepal. Nepal could have become one of the richest country by processing & exporting Uranium.