Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपाली भएर उभिने सतिसालजस्तो नेता को छ ?

०२ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

काठमाडौं । असार २६ देखि २९ सम्म चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेर फर्किए । कालापानीमा भारतीय सैनिक क्याम्प छ, नेपालका लिपुलेक, लिम्पियाधुरा, कालापानी भारतले खायो, चीनले बोलेन । भारतले सिक्किम खायो, चीनलाई स्वीकार्य भयो । नेपालले चीन र भारतलाई नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुँदैन, एकचीन नीतिमा छौं भन्यो, चीन खुशी भएर गयो । हाम्रा नेता कति दूरदर्शी ? अरूलाई मात्र खुशी पार्ने ? नेपालका हित, स्वार्थका एजेण्डामा बोल्न नसक्स्ने ? नेपाल दिनदिनै छिमेकी र शक्तिराष्ट्रका चेपुवामा चेपिदैछ, केही नगर्ने ?