Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जीवित देवी कुमारी किन रातभरि रोइन् ?

०२ सोमबार , श्रावण २०७९२ बर्ष अगाडि

  काठमाडौं । दोलखा भीमसेनलाई पसिना आयो भने अथवा आकाशमा तारामण्डलको सभा बसेको दृश्य देखियो भने अनिष्ट हुने आशंकाले जनमानस त्रसित हुने गर्छन् । यस्तै अनिष्टको संकेत २०५८ सालमा पाटनकी कुमारीले रोएर दिएकी थिइन् । 
   जीवित देवी किन रातभरि रोइन् ? चनिरा बज्राचार्य, जीवित कुमारी, त्यतिबेला ६ वर्षकी थिइन् । उनी लगातार ४ दिनसम्म रोइन् । सबैले केही विपत्ति आइपर्ने लख काटेका थिए । नभन्दै २००१, जुन १ मा दरवार हत्याकाण्ड भयो, राजारानीसहित राजपरिवारका ९ जनाको हत्या हुनपुग्यो । अहिले बालिग बनिसकेकी चनिरा, उनी नेपालका अन्तिम राजा, हत्याराका काका ज्ञानेन्द्रलाई हेरिरहेकी थिइन् । यो रिपोर्ट एमिली समालले न्यूयोर्क टाइम्सको जुलाई १५, २०२२ मा लेखेकी छिन् ।
   २०५८ सालको दरवार हत्याकाण्ड आज पनि रहस्य नै छ । 
सात शताब्दी अघि फैलिएको ‘कुमारी’ को परम्परा हिन्दू देवी तलेजुको कथामा केन्द्रित छ, जसले राजालाई सल्लाह दिने गर्थिन् । कथाअनुसार एक भेटमा, उसले उनलाई यौन दुव्र्ययवहार गर्ने प्रयास गरेपछि उनी गायब भइन् । राजाले गरेको पश्चातापपछि उनलाई भनिन् कि उनी आफ्नो शरीरमा फेरि कहिल्यै देखा पर्ने छैनन्, अब एउटी केटीको पूजा गर्नुपर्छ, जसको माध्यमबाट देवीले राजाको सल्लाह जारी राख्नेछिन् । १४औँ शताब्दीदेखि काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायका बौद्ध परिवारबाट २ वर्षका केटीहरू छनोट गरेर कुमारीको रूपमा पूजा गरिन्छ । सुश्री बज्राचार्यका अनुसार हिन्दू र बौद्ध धर्म, करिब ३ करोड जनसंख्या भएको नेपालका सबैभन्दा ठूलो आस्थाका बीचमा समन्वयात्मक प्रतीकको रूपमा ‘कुमारी’लेकाम गर्छिन् । नेवार भाषाका प्राध्यापक चुण्ड बज्राचार्यले भने– यो हाम्रो संस्कृति, परम्परा र गौरवको कुरा हो । जीवित कुमारी संस्कृति नेपालकै गौरव हो ।  यस्तै यस्तै नेपालका संष्कृति, सम्पदाका रोमाञ्चकतामा विश्व पर्यटन आकर्षित हुनेगर्छ । संस्कृति बचाऔं, विश्वास बढाऔं । धन्यवाद एमिली ।