Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जापानीज सुपरमार्केटमा नेपालको वाइ वाइ

२७ सोमबार , असार २०७९२ बर्ष अगाडि

नेपालको नम्बर वान भनेर परिचय दिइएको वाइ वाइ जापानको सुपरमार्केटमा देख्दा खुशी लाग्छ । यसरी नेपाली उत्पादन विदेशी बजारमा चाउ चाउमात्र होइन, अन्य वस्तुहरु पनि हुनुपर्छ । तव न  विदेशी मुद्रा आर्जन हुन्छ । नेपालको अर्थतन्त्रमा सघाउ पुग्छ । गुन्द्रुक, जनै सुपारीदेखि हरेक बस्तु अर्व अर्वको आयात गर्न थालेपछि नेपाल परजीवी मात्र बनेको छैन, अर्थतन्त्रको ढाड भाँचिने अवस्थामा समेत पुगेको छ । आत्मनिर्भरतातिर ध्यान नदिने, युवा निकासी गरेर रेमिटान्स अर्थतन्त्र चलाएपछि हुने आर्थिक संकट नै हो । समृद्धि त सपना मात्र हो ।