Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकाले मूर्ति फर्कायो, तर अमेरिका लग्यो कसले ?

२० सोमबार , असार २०७९२ बर्ष अगाडि

Ambassador Randy Berry @USAmbNepal, May 20
Partnership can correct the wrongs of the past . Very happy to see the return of five more stolen statutes to their proper home in Nepal . I am proud to see U .S . companies like 
@UPS  assist Nepal in recovering its cultural and religious artifacts .
अमेरिकी राजदूतले सामाजिक सञ्जालमा लेखेका छन्– साझेदारीले विगतका गल्तीहरुलाई सच्याउन सक्छ । नेपालमा चोरी भएका थप पाँच वटा हराएका मूर्तिहरु फिर्ता भएको देख्दा निकै खुसी लागेको छ । म अमेरिकी UPS कम्पनीहरु देखेर गर्व गर्छु । @UPS ले नेपाललाई यसको सांस्कृतिक र धार्मिक कलाकृतिहरु पुनःप्राप्त गर्न मद्दत गर्दछ ।
काठमाडौं । पुरातात्विक महत्वका मूर्तिहरु चोरी हुने गरेको लामो समय भइसक्यो । जब जब मूर्ति चोरी हुन्छ, तत्कालिन समयमा राजपरिवारमाथि दोष थोपरिन्थ्यो । जनमानसलाई राजसंस्था विरुद्ध उचाल्नका लागि, राजसंस्थाको मान, प्रतिष्ठा र ख्याति गिराउनका लागि कांग्रेस, कम्युनिष्टहरुले उधुम प्रचारबाजी गरेकै हुन् । यहाँसम्म कि राजसंस्थाले मूति बेच्यो, लागूऔषध बेच्यो, पम्फादेवीको स्वीस बैंकमा पैसा छ, भण्डाफोर गर्नुपर्छ भन्ने अनेक बितण्डाहरु सिर्जना गरियो । त्यसैको साइड इफेक्टले राजनीतिक पार्टीहरु बलिया भए । दलहरुले विदेशी टेकोमा आफूलाई उभ्याए र त्यही बलमा राजसंस्थासमेत उखेल्न सफल भए ।
२०६५ सालपछि बनेका ११ सरकार सबै ठूला पार्टीका ठूला नेताहरुले हाँकेका हुन् । कुनै पनि सरकारले राजसंस्थामाथि एउटा पनि आरोप प्रमाणित गर्न सकेनन् । कुनै राजा वा राजपरिवारको विदेशमा पैसा राखेको प्रमाण पनि जनतालाई देखाउन सकेनन् । नयाँ नेपाल बनाउँछु भनेर आएका कुनै नेता वा दलले भएको नेपाललाई समेत भूराजनीतिको भूमरीमा हालिसके । अर्थव्यवस्था यसरी चरमराइसक्यो कि अर्थविदहरु नै नेपाल श्रीलंका हुने खतरा भयो भन्न थालेका छन् । यति हुँदा पनि ठूला दलहरु जुँगाको लडाइँमा व्यस्त छन्, राष्ट्र र जनताको चिन्ता र चासो लिन सक्रिय देखिदैनन् ।
बिगत केही महिनादेखि अमेरिकाका विभिन्न व्यक्ति, संस्थाहरुले नेपालबाट चोरी भएका मूर्तिहरु धमाधम फर्काउन थालेका छन् । अमेरिकी दूतावासले यसरी देवदेवीका मूर्तिहरु यथास्थानमा फर्काउन पाएकोमा खुशी व्यक्त गर्ने गरेको छ । नेपालका पुरातात्वीक महत्वका, इतिहास परम्परा र संस्कृति जोडिएकामात्र होइनन्, तन्त्र मन्त्रसँग गाँसिएका मूर्तिहरु हराएका छन्, हराउने गरेका छन् । केही मूर्तिहरु अमेरिकाले फर्कायो, फर्काउने क्रम पनि देखिएको छ । अन्य मुलुकमा पनि नेपालका मूर्तिहरु लगिएका छन् । ती सबै मूर्ति, पुरातात्वीक महत्वका बस्तुहरु नेपाल फर्काइनुपर्छ, फर्काउने पहल बढाउनु पर्छ ।
मूर्तिहरु फर्काउने क्रम स्वागतयोग्य छ । तर यी ढुङ्गाका, धातृका साहै गह्रुङ्गा मूर्तिहरु चो¥यो कसले ? विदेशीलाई बेच्यो कसले ? के कति रकममा बेचिए होलान् ? ती मूर्तिहरु एयरपोर्टबाट पास भयो कसरी ? पास गर्ने को को हुन् ? लगियो कसरी ? विदेशमा कसरी छिराउन सफलता मिल्यो होला ? यी यति गम्भीर प्रश्न हुन्, जसको अनुसन्धान राष्ट्रिय स्तरमै हुनुपर्छ । राष्ट्रिय अभिलेखालयका एक अधिकारीका अनुसार, मूर्ति चोरीदेखि विदेशमा पु¥याउनेहरुको छानबिन हुने हो भने नेपालको सत्ता पल्टिन्छ । सुगौली सन्धि नै चोरी निकासी गर्नेदेखि राष्ट्रिय निशान छापमा चुच्चे नक्सा हटाउनेसम्मका राष्ट्रघात कसरी भए होलान् ? यसमा सानोतिनो शक्ति र साना तिना व्यक्तिले गर्नसक्ने कर्तुत होइनन् यी । आउने पुस्ताका लागि, नेपालको राष्ट्रिय अस्तित्व र नेपालमा रहेको पूर्वीय दर्शनलाई बचाउनका लागि समेत खोजबिन हुनुपर्छ, अपराधीहरुलाई सार्वजनिक गरिनुपर्छ । सस्तो तरिकाले कसैमाथि पनि दोषारोपण र आक्षेप लगाउनु हुन्न । प्रमाणले प्रमाणित गरिनुपर्छ ।
संसदलाई ह्याकुल्लाले मिचेर परमादेशले सरकार बनाइदिने र यसैमा सांसदहरु रमाउने, कामै नगरी तलव भत्ता बुझ्नेहरुले चलाएको लोकतन्त्रमा न इमान छ, न जवाफदेहीता ? भ्रष्टाचारमा रमाउनेहरुमा नैतिकता लेस पनि देखिन्न । यसकारण राष्ट्रघातका वारदातहरुको अनुसन्धान हुने सम्भाबना अर्को पुस्ताको हातमा सत्ता नआएसम्म सम्भव देखिदैन भन्छन् विश्लेषकहरु ।
हुन त राष्ट्रियनीति नै बेच्नुलाई लोकतन्त्र भन्नेहरु, पार्टीतन्त्रबाहेक कुनै तन्त्रले शासन गर्न सक्दैन भन्नेहरु छन् राजनीतिमा । राजनीतिलाई व्यवसाय बनाएपछि नेताहरुले हेर्ने मुनाफा हो, ०४६ सालपछिको ३३ वर्षमा नेपालको बहुदलीय र लोकतान्त्रिक पद्धतिमा विकास भएको राजनीतिक संस्कृति भनेकै लेनदेन, व्यभिचार र नैतिकहीनता हो । नङ्गा नाचे हजार दाउ खेल्ने खेलाडी हुन् नेताहरु । यिनका लागि जहाँबाट जसरी आओस्, पैसा पाए भयो । यसकारण मदन भण्डारी, जीवराज आश्रित हुन् कि दरवार हत्याकाण्ड, यिनीहरु स्कटलेण्ड याडबाट छानबिन गराउनुपर्छ भन्ने कहिले सोचेनन्, सोच्दैनन् ।
पाकिस्तानमा बेनजीर भुट्टोको हत्या भयो, पुरिएको लाशलाई समेत निकालेर अनुसन्धान गराइयो । नेपालमा यस्तो साहस कुनै नेतामा देखिएन । यसकारण त लोकतन्त्रजस्तो पद्धति नेतातन्त्रमा रुपान्तरण हुनपुगेको छ । जवाफदेहीता छैन, भ्रष्टाचारमय बनेको छ ।