Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बालेन साहमाथि भुइमान्छेको प्रश्न

२० सोमबार , असार २०७९२ बर्ष अगाडि

गरीब लखेटेर स्मार्ट नगर बन्दैन । गरीबी हटाउन गरीबलाई रोजगारी दिने कुनै योजना छ । भुइँमान्छेलाई गरिखान व्यवस्थित गर्नुपर्छ । मेयर बालेन साह, यो दमन, यो लुटाह प्रवृत्तिले बालेन साहको सोच भत्काउन थालेको देखियो ।
नगरप्रहरी प्रमुख धनपति सापकोटाको सम्पत्ति छानबिनको कुरा उठ्यो । गरीबको यस्तै दोहनले महानगरकका सुरक्षाकर्मीसमेत अर्वपति बनेका हुन् त ?
र, सडक सवारीका लागि, पेटी हिड्नका लागि । विकसित देशमा पनि टाइमटेबुल तय गरेर व्यापार गर्न पाइन्छ, महानगर व्यवस्थित गर्छु भनेर आउनेले गरीबलाई लुट्ने, रुवाउने होइन, सडक व्यापारीको व्यवस्थापन गर्ने हो । समाजमैत्री नबन्ने हो भने तमाम युवाको प्रतिवद्धता पानी पानी हुनेछ भन्न थाले युवाहरु । समाजप्रतिको जवाफदेहीता र सामाजिक न्यायप्रति गम्भीर भएन महानगर ।