Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कस्तो होला ओवामाले बनाउने तेन्जिङ फिल्म

१३ सोमबार , असार २०७९२ बर्ष अगाडि

२०१० साल जेठ १६ गते तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले पहिलोपल्ट सगरमाथा आरोहण गरे । यो नै सगरमाथा आरोहणको इतिहास हो । यसअघि अनेक टोली गए, सकेनन्, जर्ज मालोरी र इर्विनको त मृत्यु नै भयो । त्यसपछि धर्मराज थापाको गीत गुन्जियो– हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा ।
सुरूमा तेन्जिङ चुचुरोमा पुगेको र उनले डोरीले हिलारीलाई तानेको भनेकमेकलम वान्र्सको टाइगर अफ दी स्नोज पुस्तकमा तेन्जिङले भनेका छन्– ‘नेपालको कोखमा जन्मेँ, भारतको काखमा हुर्किएँ । यो पुस्तकमा तेन्जिङले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई भनेका रहेछन्– म नेपाललाई मायाँ गर्छु, म नेपालमै जन्में ।
तर राजा त्रिभुवनले नेपाली नागरिकता दिने र सम्मान गर्ने वचन दिएको र कालगति छिटो आउँदा भ्याएनछन् । बेलायती महारानीले सम्मान गर्ने समारोहमा जान नपाएपछि भारतका प्रम नेहरूले तेन्जिङ्लाई भारतीय पासपोर्ट दिलाइदिए, कोट, कमिज र सुरूवाल छानेर लगाउन पनि पाए । त्यो घटनापछि तेन्जिङ दार्जीलिङमै बसे । नेपालले उनलाई पछि ‘नेपाल तारा’ मानपदवी दिइयो, तेन्जिङलाई नेपाली बन्ने अवसर प्राप्त भएन । बेलायतले तेन्जिङलाई ‘नाइट’ पदवी दिन खोज्दा नेहरूले नै नकारेपछि यो पदवी हिलारीलाई दिइयो ।
सोलुखुम्बुमा जन्मेका तेन्जिङ् हिमाल आरोही दलका भरिया हुन् । उनका अनेक चित्ताकर्षक घटनाक्रम छन् । अमेरिकका पूर्वराष्ट्रपति ओवामाले बनाउने फिल्म कस्तो बन्ला ?