Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

साउनमा आउने

१३ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । भाजपाका नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ साउनमा नेपाल आउने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
पशुपतिको जात्रा, सिद्राको व्यापार भनेझैं पशुपति दर्शन हुने, पूर्वराजासँग भेटवार्ता पनि हुने र विश्व हिन्दु महासंघले स्वागत गर्नेसमेतका कार्यक्रम रहेको बताइएको छ ।
योगी आउने सूचना पाएपछि हिन्दुवादीहरूमा निकै स्फुर्ति आएको देखिदैछ । पूर्वराजाको थाइलेण्ड भ्रमणमा भारत र चीनका उच्च तहबाट भेटवार्ता भएको चर्चा चलिरहेका बेलामा योगीको नेपाल आगमनले ठूलै तरङ्ग ल्याएपछि सबैभन्दा पहिला पूर्व माओवादी र हालका जसपावादी डा.बाबुराम भट्टराईले पूर्वराजालाई तर्साउन सुरू गरेका छन् ।
डा.बाबुरामले भनेका छन्– पूर्वराजा बढी सक्रिय भए, प्रतिगामी योजना बनाएको थाहा पाए उनलाई देश निकाला गर्नेसम्मका धम्की दिएका छन् । म यो देशमा जन्मे, यही देशमा मर्छु भनेर आफ्नो माटोमा उभिएका पूर्वराजा र जसले यो देशको निर्माण गरे, तिनका सन्ततीलाई जेल हाल्ने, देश निकाला गर्ने धम्की दिने डा.भट्टराईलाई कहाँबाट कुन शक्ति प्राप्त भएछ भन्ने जिज्ञासा उठेको छ ।