Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनको प्रतिक्रिया किन आयो ?

१३ सोमबार , असार २०७९२ बर्ष अगाडि

एमसिसी पास भएको ५ महिनापछि चीनले भन्यो– अमेरिकाले नेपालमाथि जोरजवरजस्ती गरेकै हो । अमेरिकाको जजरजस्ती कूटनीति लादिरहेकै छ । अमेरिका र चीनबीच विवाद छ । अमेरिकाको चीननीति प्रति चीनले तीब्र प्रतिक्रिया जनाउने गरेको छ । एमसीसी पास नहुँदा अमेरिकाको धम्की र चीनको दबाब दुबै नेपालमाथि थिए । अमेरिकाले सम्बन्धमा पुनर्विचार गर्ने सम्मको धम्की दिएको थियो चीनको बुझाइ छ । बीआरआईबाट सुरू भएर एमसीसीमा चीन, अमेरिका दुबैबीच व्यापक भनाबैरी जारी छ । यद्यपि एमसीसी कार्यान्वयनमा सुरू भइसकेको छ ।
यसैबीच एसपीपीको विवाद सुरू भयो र नेपाल सरकारले तत्कालका लागि यसमा सहभागी नहुने निर्णयमा पुगेपछि चीनले प्वाक्क बोलिहाल्यो– अस्वीकार गर्ने नेपालको निर्णयमा चीनले स्वागत गर्छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनकै शब्दमा– ‘नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार चीन नेपाल सरकारको उक्त निर्णयको प्रशंसा गर्छ । ‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिवद्धतालाई चीनले समर्थन गरिरहनेछ । क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।’ नेपाल अमेरिकाबीचको मामिलामा चीनले यसरी नबोलेको भए पनि हुनेथियो ।