Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दूतावासमा भारतीय भारतीयको तथ्याङ्क सुरु

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपालमा रहेका र रोजगारीमा आएका भारतीयहरु दूतावासमा पुगेर नाम दर्ता गर्न र परिचयपत्र लिन जुलुस जसरी जम्मा हुनथालेका छन् । दूतावासले भारतीय नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो । किन नाम दर्ता गराउँदैछ, गृह मन्त्रालयका पदाधिकारी भन्न सक्दैनन् ।
गत महिना लुम्बिनी भ्रमणका अवसरमा  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही भारतीय नागरिकसँग भेटवार्ता गरेका थिए । त्यसपछि दूतावासले नेपालमा रहेका भारतीय नागरिकको दर्ता र परिचयपत्र दिन सुरु गरेको हो ।
दूतावासले आफ्ना नागरिकलाई कन्सुलर सेवा लिनका लागि दर्ता अनिवार्य बताएको छ तर विश्लेषकहरु अरु कुनै उद्देश्यका लागि नाम दर्ता गर्न थालेको बताउँछन् ।
सूचना संक्षिप्त छ, यस्तो छ– ‘नेपालमा बसोबास गरिरहेका भारतीय समुदायलाई काठमाण्डूस्थित भारतीय दूतावासमा दर्ता हुन अनुरोध गरिएको छ ।’ दर्ताका लागि राहदानी वा मतदाता परिचयपत्रको सक्कल प्रति अनिवार्य गरिए पनि बसोबास, रोजगारी वा अध्ययन गरेको मध्ये कुनै एकको प्रमाण पेश गर्न भनिएको छ । भाडामा बस्नेहरुलाई भाडामा बसेको घरधनीको नागरिकता र बिजुलीको बील माँग्ने गरिएको छ । आवश्यक परेका बेलामा ट्य्राक गर्न सजिलोको लागि ठेगानाको प्रमाण माँगिएको हुनसक्छ ।
घरधनीको नागरिकता, विजुलीको बील किन चाहियो भन्ने प्रश्नमा दूतावासका प्रवक्ता नवीनकुमारले स्पष्ट बताएनन् । तर भारतीय नागरिक सङ्घ नेपालका अध्यक्ष मनोज कुमार अग्रवालले भने यस्तो सूचना नियमित हो । पहिले दर्ता गर्न छुट भएकाहरुको अद्यावधिक गर्न सूचना गरिएको भन्दै उनी भन्छन्– यो सकारात्मक छ । भारतमा ८० लाख नेपाली छन् ।