Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

प्रचण्ड, वैद्य र विप्लवको संयुक्त मोर्चा बन्यो

२६ शनिबार , भाद्र २०७२११ बर्ष अगाडि

केन्द्रमा खटपट भए पनि कैलालीमा ३ माओवादीको मोर्चा बनेको छ। देवीराम शर्माको छानबिन आयोगले कैलालीमा बालकसहितका ९ जना सुरक्षाकर्मीको हत्यामा पूर्व लडाकु संलग्न भएको खुलासा भएपछि जिल्ला स्तरमा ३ पार्टी एक भएको हो। मणि, मातृका, बैद्य, विप्लव, प्रचण्डसहिता ६ टुक्रा भइसकेको माओवादीको कैलाली एकताले कांग्रेस र एमालेलाई समेत झस्काइदिएको छ। यो एकता मोर्चाको नेतृत्व अमर बुढाले गरेका छन्। बुढाले भनेका छन्: अव फुटेका माओवादीहरु केन्द्रसम्मै एकीकरण, एकता हुनेछ र गुमेका उपलव्धि पुन प्राप्तिमा लागिनेछ।