Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गरीबीको मारमाथि इमबेस्ड नम्बरको भार

२३ सोमबार , जेठ २०७९४ बर्ष अगाडि

काठमाडौं । सेटिङ्, भ्रष्टाचार र कमिशनको जालो थपिदैछ । इम्बोस्ड नम्बरको अनिवार्यता अर्को भ्रष्टाचारी रूप हो । इम्बोस्ड नम्बर किन अनिवार्य ? कति आवश्यक हो ? इम्बोस्ड नम्बर नेपाली भाषा र लिपिमा राख्न सकिन्छ कि सकिन्न ? अंग्रेजीमा चाहिने किन रहेछ ? अंग्रेजीमै इम्बोस्ड नम्बर चाहिने हो भने इजरायल वा बाङ्लादेशमा तिनीहरूले आफ्नै भाषामा कसरी राखे त ?
नेपाली भाषामा सम्भव छ । संविधान र अदालतले पनि नेपालीमै राख्न भनेको छ । तर सेटिङ्, भ्रष्टाचार कमिशन खाने नेतृत्व र कर्मचारी मिलेर अंग्रेजीमै इम्बोस्ड नम्बर राख्नुपर्ने बताइरहेका छन् । सरासर यो भ्रष्टाचार हो । एक त जनता मंहगीको मारमा छन् । त्यसमाथि आर्थिक अवस्था दयनीय बन्दै गएको छ । यसरी देश र देशवासी कङ्गाल भइरहेका बेलामा जनताको थाप्लोमा इम्बोस्ड नम्बरको बोझ थपिदिने ? यो कति लोककल्याणकारी राज्य हो ?
खुलासा भइरहेको छ– भाइ यातायातको उपनिर्देशक विकल पौडेल र बंगलादेशी कम्पनी डेकाटुरका स्थानीय एजेन्ट सिद्धार्थ पाण्डेको मिलेमतोमा इम्बोस्ड नम्बर अनिवार्य छ भनेर आतंक मच्चाइएको छ । उनीहरूको उठबस प्रभावशाली पार्टी नेता र सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्म भएकाले पनि इम्बोस्ड नम्बरको आतङ्क फैलाइएको छ ।
निवेदन दिएकाले लाइसेन्स परीक्षाका लागि २ वर्ष कुर्नुपर्ने, नविकरण गर्न दिएका लाइसेन्स लिन वर्षदिनमा पनि नपाइने, सवारी कर, ब्लुबुक नविकरण गर्न जाँदा विचौलियालाई घूस दिनैपर्ने, यतिसम्मका गैरजिम्मेवार राज्य संयन्त्रलाई अहिले नै जनताले सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने ।
जनतालाई सेवा दिन नसक्ने, आफ्नो प्रशासन संयन्त्र लथालिङ्ग छाड्ने, कर्मचारीलाई इमानदार हुन प्रेरित नगर्ने अनि जनतामाथि आर्थिक भार र समस्या थपिदिने ।
सरकारले जनतालाई जवाफ दिनुपर्छ– किन चाहिएको हो अहिले नै इम्बोस्ड नम्बरप्लेट ? यसका पछाडि कमिशन र भ्रष्टाचारको खेल छ कि छैन ? ठेकेदारको पछि दगुर्ने कि लोककल्याणकारी राज्यको झल्को दिन जवाफदेहीता देखाउने ?