Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बन्दुके गणतन्त्र दिवस

१६ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

जेठ १५ अर्थात् गणतन्त्र दिवस । सैनिक, सशस्त्र, नेपाल प्रहरी र तलवजीवी उच्चपदस्थ कर्मचारी, संवैधानिक निकायका व्यक्तिहरूले गणतन्त्र दिवस मनाएका छन् । गण अर्थात आमनागरिकको सहभागिता यो वर्ष पनि देखिएन ।
शान्तिका प्रतीक परेवा सेनाले उडाए, परेड, बाजा र झाँकी सशस्त्र र नेपाल प्रहरीले सुनाए, देखाए । सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले भाषण गरे, खुशी व्यक्त गरे, आमनागरिक गणका लागि यो तमासामात्र भयो । साँझ गणले तिरेको करबाट यिनैले भोजभत्तेर खाए ।