Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बलात्कारविरूद्धको चित्कार

०९ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

किन सुन्दैन सरकार ? काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा बलात्कार गरेको, निरन्तर यौन शोषण र हिंसा गरेको मात्र होइन, शैक्षिक संस्था र अन्य क्षेत्रमा पनि बलात्कार भएका घटनाका सविस्तार वर्णन सार्वजनिक हुनथालेका छन् ।
बलात्कारजस्तो जघन्य घटनामा यी दल, यी नेताले कस्तो कानुन बनाएछन्, आज आएर सिङ्गोमुलुक, माइतीघरदेखि बालुवाटारसम्म नागरिक चित्कार सुनिन थालेको छ– न्याय देउ ।
यतिमात्र होइन, ४ वर्षदेखि उजुरीमा समेत प्रहरीले कारवाही नगरेका, न्याय नपाएका इतिबृत्तहरू पनि खुलासा भएका छन् । जो बलात्कार पीडित हुन्, पिडकको डरले खुम्चिएकाहरू पनि बोल्न थालेका छन् । लोकतन्त्रमा भ्रष्टाचारमय मात्र होइन, बलात्कारमय भइसकेका जघन्य अपराधहरूले पुष्टि हुनथालेको छ ।
बलात्कारका घटनामा कानुनका कारणले कारवाही नहुने ? पीडितलाई न्याय दिन नसक्ने यो कस्तो कानुनी व्यवस्था हो ? विधिको शासन हो ? प्रश्न उठ्यो । प्रगतिशील, समाजवादी, जनवादी सबैका सामु यक्ष प्रश्न उठ्यो ।
‘पीडित सुस्मिताले मनोज पाण्डे विरूद्ध निरन्तर भनिरहेकी छिन्– ‘म सत्य कुरा बोल्दै छु किनकि यत्रो वर्ष मनमा राखेर न म सन्चो भएँ न मेरो थेरापीले काम ग¥यो, न मेडिसिनले । तर, मेरो साइकियाट्रिकले यो लुकाउनु हुँदैन, बोल भन्नुभयो, हिम्मत बटुलेर सार्वजनिक गरेकी हुँ ।’ उनले सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ मा उनीमाथि बलात्कार र त्यसपछि पनि निरन्तर बलात्कार गरिएको घटनाहरू सामाजिक सञ्जालमार्पmत सार्वजनिक गरेकी हुन् । प्रहरी अनुसन्धानमा उत्रेको छ । संसदमा मुद्दा उठेको छ । सबैको एउटै अमावाज छ, अब पीडितमाथि प्रश्न गर्ने होइन, पीडकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्छ, कानुनीराज देखिनुप¥यो । पीडकहरू कारवाही गरे धेरैको मुखुण्डो उतारिदिने धम्की दिनथालेका छन् ।
खबरअनुसार पीडितले चर्चा गरेका फोटोग्राफर आफू नै भएको श्रीधर पौडेलले मोडलिङ एजेन्सीले बोलाएकाले व्यावसायिक रूपमा फोटो खिचेको र त्यसबापतको पारिश्रमिक लिएको बताएका छन् । बहिनी पीडित भएकाले अहिले पनि कानुनी उपचारमा जान चाहे सहयोग गर्न म तयार छु ।’ घटना हुँदा उनी १६ वर्षकी थिइन् । यस मामिलामा माल्भिका सुब्बा कोरियोग्राफरका रूपमा मुछिएकी छिन् । उीमाथि यौन शोषणमा साथ दिएको आरोप छ । प्रहरी प्रधान कार्यालय यो विषयमा अनुसन्धान सुरू भइसकेको बताउँछ । राष्ट्रिय महिला आयोग र अध्यक्ष कमला पराजुली घटनामा मूकदर्शक बनेको देखिन्छ । बलात्कारका घटना श्रृङ्खलावद्ध रूपमा सार्वजनिक भइरहेका छन् । यी घटना पनि जनयुद्धका घटनाजस्तै मेलमिलापतिर जान्छ कि दण्ड दिइन्छ, समाजका सबै तह र तप्कामा उत्सुकता बढेको छ ।