Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

एमाओवादीभित्र संविधानसभा छोड्ने बहस

०२ शुक्रबार , माघ २०७११२ बर्ष अगाडि

काठमाडौं। माघ १ गते संविधानसभामा सहभागी हुने कुरा गर्ने अध्यक्ष प्रचण्ड, २ गतेको संविधानसभा बैठकमा मौन बसे, संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले रिपोर्टर्स क्लव पुगेर धम्की दिए– हामी संविधानसभा त्याग्न पनि सक्छौं। उनले भने– हामी अहिले आन्दोलनतिर छौं। जातीय पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान हाम्रो लक्ष्य हो। त्यसमा आउने सबै बाधासँग हामी जुध्न तैयार छौं।
आन्दोलन हाम्रो बाध्यता हो। कांग्रेस, एमालेको छलछाम हामीलाई स्वीकार छैन। जनतालाई अधिकार सम्पन्न गराउन सत्तारुढ दलहरुको कुनै इच्छाशक्ति देखिएन। जनताको प212मा संविधान नलेखिने र विगतमा भएका सम्झौता, प्राप्त भएको अधिकार नपाउने हो भने त्यो संविधानसभामा रहेर पनि के अर्थ हुन्छ? यसरी रायमाझीले संविधानसभा त्याग्ने संकेत गरिदिएका छन्। उनले खुलेरै भनेका छन्: नाममात्रको गणतन्त्र भएर हुँदैन। सत्तारुढ दलले अहिले राजाकालभन्दा पनि निरंकूश हुने खोजेका छन्।