Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हिमालभरि जासुसी उपकरण टन्नै

०२ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । एक चीनविज्ञले भनेका छन्– नेपालमा सगरमाथा आरोहीका रूपमा आएकाहरू सबै शौखिन, व्यावसायिक मात्र छैनन्, सैनिक अधिकारीहरू समेत रहेको आशंका गरेका छन् । उनका अनुसार सगरमाथाको उचाईमा जासुसी उपकरण जडान गरेको रोबर्ट बेकहुसेनले एक पुस्तकका आधारमा गरेको यो खुलासाले नेपाललाई पश्चिमाले कुन हदसम्मको रणनीतिक मोर्चा बनाएको रहेछ भन्ने बुझ्न सकिन्छ । ती चीन विज्ञ भन्छन्– चीनको मौनता अनभिज्ञता होइन । नेपाल भन्नासाथ चीन, भारत र अमेरिका जोडिएर आउँछ । यसको अर्थ चीन मौन रहदा पनि नेपाललाई खतरा छ, चीन बोल्दा पनि पिसिने नेपाल नै हो । किनकि साँडेको जुधाई बाच्छाको मिचाई हुने हो । नेपाली भूमिमा शक्तिराष्ट्रको उपस्थिति र तिनका रणनीतिले नेपाल धुलोपिठो त हुन्छ हुन्छ, विश्वयुद्धको कारण पनि नेपाल बन्नसक्छ । नेपालका राजनीतिज्ञ, कूटनीतिज्ञ, विज्ञहरू किन सही सुझाव दिएर मतिभ्रष्ट भएका थिङ्कटेङ्कहरूलाई सावधान गराइरहेका छैनन् । यो आत्मघाती हुन्छ है ।