Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

स्वामी महाराज नै बन्ने त ?

०२ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

काठमाडौं । २०६५ सालमा गणतन्त्र कार्यान्वयन भएदेखि पूर्वराजाले नागरिक हैसियतको सीमा उल्लंघन गरेका छैनन् । २०७२ मा संविधान जारी भयो, २०७४ मा संघीयतासहितको चुनाव भयो, पूर्वराजा कुनै राजनीतिक दल निकट देखिएनन् । वैशाख ३० गते पालिका निर्वाचन सम्पन्न भएको छ, पूर्वराजाले दायाँवायाँ हलचल गरेनन् । यद्यपि पर्व पर्वका सन्देशहरूमा जनताको पीडा र देशको बेथितिबारेमा चिन्ता प्रकट गर्छन् ।
नेपालको एउटा कालखण्डमा रणबहादुर शाह स्वामी महाराज बनेका थिए, वर्तमान कालखण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह स्वामी महाराजकै भूमिकामा देखिन्छन् । विभिन्न राजनीतिक दलका नेताहरू पूर्वराजासँग भेट गर्न निकटवर्ती सूत्रहरूको उपयोग गर्न थालेका छन् । पालिका निर्वाचन अघि हिन्दुवादी, राजावादी समर्थन हासिल गर्नका लागि पूर्वराजासँग निकट हुने धेरैको प्रयास रह्यो । पूर्व राजाले आफूलाई नागरिक र संवैधानिक परिधिमा ढालिसकेको सन्दर्भमा समेत विवादमा आउन नखोजेर यसपल्ट पनि पूर्वराजा र परिवारजनले मत खसालेनन् । तथापि पूर्वराजालाई पहिले र अहिले पनि राप्रपासँग जोड्ने गरिएको छ ।
जसले जुनसुकै नेता वा पार्टीसँग जोडे पनि माटोसँग, जनतासँग गाँसिएर बसेका पूर्वराजाको मौनता के आधुनिक स्वामी महाराज नै बन्नका लागि हो त ?