Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

देउवाको उत्तराधिकारी जयवीरसिंह देउवा

०२ सोमबार , जेठ २०७९२ बर्ष अगाडि

पालिका चुनाव अघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले छोरा जयवीरसिंह देउवालाई डडेलधुराको गन्यापधुरा १ बाट क्षेत्रीय प्रतिनिधि बनाउने तैयारी गरेका थिए ।
पालिका चुनाव प्रचारमा ४ दिन डडेलधुरामै प्रधानमन्त्री बसेर कांग्रेसका लागि प्रचार गरे, श्रीमती डा.आरजु देउवाले कांग्रेसलाई नजिताए बजेट आउँदैन, कांग्रेसलाई जिताए हरेक वडाबाट ५–७ जनालाई फ्रि भिसा, टिकट दिएर मलेसिया पठाइदिने लोभ देखाइन् । करूवा, सरूवा, हरूवालाई भोट नदिनु भनेर तर्साइन् ।
तर आश्चर्य, यही गन्यापधुरा १ मा बागी उमेदवारका रूपमा नरेश भण्डारी खडा भए । उनी वीपी कांग्रेसका उमेदवार थिए, उनलाई देउवाले नै कारवाही गरेर लखेटेका कर्ण मल्लले समेत समर्थन गरिदिए । अन्ततः देउवा र आरजुका उमेदवार चन्द्रबहादुर देउवाले हारे । करूवा चिन्ह पाएका नरेश भण्डारीले देउवाकै थलोमा चुनाव जिते । डडेलधुरामा समेत यो खालको जनचेत बढिसकेछ । तथापि पैसाले चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञानमा रहेका देउवा दम्पत्ती युवा निकासी गरेर, युवालाई लखेटेर आफै स्थापित हुने, छोरालाई स्थापित गराउने रणनीतिमा लागेको कुरा डडेलधुरातिर व्यापक चर्चामा छ ।
यी हुन् देउवा कांग्रेसविरूद्ध खडा भएका वीपी कांग्रेसी नरेश भण्डारी । यिनको जितले देउवापछि आरजु र आरजुपछि न्यूयोर्क र बेलायतमा राजनीतिक शास्त्रमा एम ए पढेका जयवीरसिंह देउवाको पद र प्रतिष्ठा कब्जा गर्ने षडयन्त्रका विरूद्ध खतराको घण्टी हो भन्ने राजधानीमा चर्चा सुनिन्छ ।