Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेताको निर्देश कि जनताको निर्णय ?

२६ सोमबार , बैशाख २०७९२ बर्ष अगाडि

न पैसा पठाउँछौं, . .यो कुरा ध्यान दिएर करूवा सरूवा हरूवा... पार्टीलाई भोट नहाल्नुस् ।’नेपाली कांग्रेसले मेयर नजितेका ठाउँमा पैसा पठाउँदैनौं । हरूवा, करूवालाई भोट नदिनु । मलाई मलेसियाबाट केही कोटा आएको छ, चुनावपछि प्रत्येक वडाबाट ५–७ जनालाई निःशुल्क भिषा, प्लेन टिकट सहित मलेसिया पठाइदिउँला ।
प्रधानमन्त्री पत्नीले डडेलधुरामा दिएको यी अभिव्यक्ति विवादित भए । मुलुकको राजस्व आफ्नै थैलीमा भएजस्तो अभिव्यक्ति दिइन् । देशको प्रधानमन्त्री कस्ता, नेता बनेकी प्रधानमन्त्राणी कस्ती ? यिनले आत्मनिर्भर नेपालको विकास गर्छन् भनेर सोच्नु साह्रै मूर्खतापूर्ण हुने टिप्पणी विश्लेषकहरूले गर्नथालेका छन् ।
गठबन्धन सरकारका सामु प्रश्नै प्रश्न
चितवन आमसभामा हँसिया हथौडामा मतदान गर्नु, रेणु दाहाललाई हामीले जिताउनै पर्छ भनेर कांग्रेस सभापतिले भन्नु कति जायज ?
त्यही सभामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रेणु दाहालको टिमलाई कांग्रेसी मतदाताले मतदान गरेर जिताए यो गठबन्धन अर्को १०, १५ २० वर्ष लैजान सकिन्छ । तपाईं चितवनवासी जनताले अनावश्यक दबाब दिनुभयो भने, आवश्यकतालाई नजर अन्दाज गर्नु भयो भने, हालिदैन हसिया हथौडामा भोट भन्नू  भो भने देश दुर्घटनामा जान सक्छ भनेर तर्साउनु धम्क्याउनु राजनीति हो होइन ?
चुनावमा एक व्यक्तिले चुनाव जित्नु वा हार्नु स्वभाविक हो, दशै दुर्घटनामा जान्छ भन्नु अस्वाभाविक मानिएको छ ।
निर्वाचनमा मतदाता भनेका त जनार्दन हुन् भनिन्छ । जनार्दनलाई यसरी तर्साउन हुन्छ कि हुन्न ? आजका मतदाता मूर्ख छन् र ? विवेक त आजका सचेत मतदातामा पक्कै हुनुपर्ने हो । भेडाको जस्तै व्यवहार कत्ति सुहाएन ।
सबैलाई थाहा छ, ३ दिनपछि निर्वाचन छ । लोभ, लालचभन्दा पनि निर्वाचन परिणाम मतपेटिकामा हुनेछ । नेताको निर्देश कि जनताको निर्णय ? देखिनेछ ।