Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रातो टाई लगाएर राताम्मे भाषण

२६ सोमबार , बैशाख २०७९२ बर्ष अगाडि

काठमाडौं । पार्टीका नेताले आफ्नो पार्टीको चुनाव चिन्हमा मत मागेर जिताउन अनुरोध गर्ने हो । हसिया हथौडामा मत हाल्न रूखवालालाई र रूखमा मत हाल्न हसिया हथौडाका समर्थकलाई निर्देश दिन कुन विधानको कुन धाराले अधिकार दिंदोरहेछ ।
माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले त अवैधानिक आदेश दिएको देखियो । यसरी आचारसंहिता र गैरसंवैधानिक निर्देश दिनेमाथि कारवाही गर्नुपर्ने हो, निर्वाचन आयोगले कारवाही गरेको देखिएन । बिधान पढौं, कारवाहीमा को पर्ने हो ? विधान बिपरित मत हाल्नु भन्ने कि विधानले तोकेको चिन्हमा मत हाल्ने ?
मतदाताको कुरै नसुन्ने, कस्तो घरदैलो ?
काठमाडौं । आफ्नो घोषणापत्र देखाएर मतदातालाई मनाउनु र भोट माग्नु उमेदवार वा पार्टीको धर्म हो । कसलाई मत दिने, कसलाई नदिने त्यो नागरिकको स्वतन्त्र अधिकार हो । हरेक उमेदवार, पार्टी घरदैलो कार्यक्रम गरिरहेछन् । तर मत माग्ने, मतदाता के भन्छन् सोध्दै नसोध्ने, मतदाताको कुरा सुन्दै नसुन्ने, नामावली छोडेर जाने, यो कस्तो घरदैलो कार्यक्रम हो ? मतदाताको कुरा सुन्नुपर्दैन ?
हो, घरदैलो प्रचार कार्यक्रमले मतदाता र नेताबीच सार्थक संवाद र सम्पर्क स्थापित गर्छ तर जुन तरिका अपनाइयो, संवादहीनताले सम्पर्क खत्तम पार्दैछ । घरदैलो कार्यक्रममा सयदेखि हजारसम्म मानिस भेला पार्छन्, नाचगाना, नाराबाजी, बाजागाजासहित जान्छन् । तिनलाई खाजापानी, अन्य खर्चसहित लाखदेखि १० लाखसम्म दैनिक खर्च भइरहेको छ । खर्च हुने सम्बन्धमा तिक्तता ल्याउने ?