Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनगणना भएन, चुनाव पनि नहुने हो ?

२६ सोमबार , बैशाख २०७९२ बर्ष अगाडि

काठमाडौं । वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ । संविधानअनुसारको यो स्थानीय चुनाव लोकतान्त्रिक पद्धतिकै जग चुनाव हो । यही चुनावको आधारमा संघीय र पछि संसदीय चुनाव हुने हो । यही चुनावमा देशका कुनै भागमा चुनावै हुन्न भने त्यस्तो चुनाव परिणामले राष्ट्रिय प्रतिनिधित्व कसरी गर्न सक्छ होला ? किन नागरिक समाज, बुद्धिजीवी र थिङ्क टेङ्कहरू बोलिरहेका छैनन्, सरकार मौन छ ?
नेपालको नक्सामा भएको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा गनगणना हुनसकेन । अब स्थानीय चुनाव पनि नहुने हो ? सरकार बोलेको छैन । यथार्थ जानकारी आमनागरिकले पाउन सकेको छैन ।
भारतद्वारा मिचिएको र भारतीय हैकम कायम रहेको कुटी, नावी, गुञ्जीमा झैं धेरै क्षेत्रमा स्थानीय निर्वाचन कहिले हुनेरहेछ ? चुच्चे नक्सा जारी गर्ने नेताहरूको दलहरूबाट अथवा स्वतन्त्र तरिकाले को को उमेदवार छन् ? किन कुनै पार्टी वा सरकार बोल्दैन ?
नेपाललाई संविधानअनुसारको भूभाग चाहिन्छ कि चुच्चे नक्सा भए पुग्छ ? नेपालको आधिकारिक भूभाग कति हो, ती भूभागमा नेपालको शासनसत्ता छ कि छैन ? नेपाली भूभाग स्वतन्त्र हुन् कि होइनन् ? हुन् भने त्यहाँ जनगणना हुनुपर्छ, निर्वाचन हुनुपर्छ, नेपालको शासनसत्ता देखिनुपर्छ ? किन देखिदैन ? स्थिति जटिल छ । नेपाल छ, सार्वभौम नेपालको अस्तित्व पनि छ । पार्टीहरू छन्, चुनाव जित्न हर प्रयत्न गरिरहेका छन् । सिङ्गो नेपाललाई समेट्न, पद्धति बसाल्न र लोकतान्त्रिक नेपालको जग बसाल्न पार्टीहरू तैयार छैनन् । जनतालाई तर्साउने र नेपालको भूभाग कब्जा गर्नेसँग पर पर भागेर गरिने चुनाव सार्थक होला र ?