Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसीले कांग्रेस भन्न पाएनन्

१९ सोमबार , बैशाख २०७९२ बर्ष अगाडि

चितवन कांग्रेसका कृष्णलाल सापकोटा, जगन्नाथ पौडेल र मीना खरेलले म कांग्रेस, रुखमा भोट हाल्छुसम्म भन्न पाएनन् । ५ वर्षअघि जबरजस्ती हसिया हथौडामा भोट हाल्न पार्टीले निर्देश ग¥यो र लुरुलुरु पार्टीको आदेश मानेका चितवन कांग्रेसलाई अर्को ५ वर्षका लागि स्थानीय नेतृत्व छनौट गर्न फेरि पनि हसिया हथौडामा मतदान गर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको फर्मान गयो । जसलाई यी कांग्रेसहरुले म कांग्रेस हुँ, रुखमा भोट हाल्छुसम्म भन्न पाएनन् । पार्टीले वक्तव्य निकालेर माफी माग्न भनेको छ, नभए स्वतः पार्टीबाट निस्काशन भएको जानकारी दिएको छ । यो कस्तो लोकतन्त्र हो, जसले लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कारको सम्बद्र्धनमा लाग्नसमेत बन्देज लगायो ? चुनाव हो हार्लान्, जित्लान्, म कांग्रेस हुँ भनेर त उभिए । यी मानकले विवेकसम्मत मानक स्थापित गरे भने त्यो लोकतन्त्रका लागि योगदान नै हुने विश्लेषण हुनथालेको छ । 
चितवन । चारतारे झण्डा र रूख चिन्ह बोकेका चितवन कांग्रेसीले कांग्रेस जिन्दावाद भन्न पाएनन् । यसकारण त कांग्रेस ‘लाल कांग्रेस’ हुनुहुन्न भनेको आरोपमा २०१२ सालमा कांग्रेसको सक्रिय सदस्यता लिएका कृष्णलाल सापकोटाले ८४ वर्षको उमेरमा पुग्दा उनको सदस्यता निस्काशनमा परेको छ । कांग्रेसी हुँ, मेरो झण्डा चारतारे हो, चुनाव चिन्ह रुख हो, रुखमा भोट हाल्छु भन्दा उनको सदस्यता नै निस्काशनमा परेको छ ।
चितवनका कांग्रेसीले ५ वर्ष अघि पनि रुखमा भोट हाल्न पाएनन्, वैशाख ३० को चुनावमा पनि रुखमा भोट हाल्न नपाउने भए । गठबन्धन सरकार टिकाउनैका लागि स्थानीय निर्वाचनमा समेत गठबन्धनको असर प¥यो, यो गठबन्धनको एउटै उदेश्य प्रतिपक्षी एमाले र अध्यक्ष केपी ओलीका उमेदवारलाई हराउनु हो । कारण भनिएको छ, प्रतिपक्षी प्रतिगमनकारी छ, लोकतन्त्र बचाउनका लागि गठबन्धनका उमेदवार जिताउनैपर्छ । विश्लेषकहरु यो कुरा मान्न तैयार छैनन् । गठबन्धनका उमेदवारले चुनाव जिते लोकतन्त्र बच्ने, प्रतिगमन सच्चिने, हारे लोकतन्त्र हार्ने र प्रतिगमनले टाउको उठाउने गलत भन्छन् ।
गठबन्धन यो चुनावलाई युद्ध मान्छ । जबकि यो त स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुनुपथ्र्यो । राज्यसत्ताको दुरुपयोग भएकोमा निर्वाचन आयोगसमेत मतपत्र बलियो छ, च्यात्ने र चपाउने नगरौं भन्ने खालका सांकेतिक व्यङ्ग गरेर सावधान गराइरहेको छ । तर आचारसंहिताको उल्लंघन दिनदिनै बढेर गएको छ । यहाँसम्म कि गठबन्धनविरुद्ध बिद्रोह गर्ने उमेदवारको ज्यानसमेत सङ्कटमा छ भन्ने चर्चा बाक्लिन थालेको छ । ठाउँ ठाउँमा पार्टी पार्टीका कार्यकर्ताबीच  हिंसा भड्किएका छन् । चितवनमा जस्तै भद्र अवज्ञा आन्दोलन अन्य पालिकाहरुमा पनि भइरहेको छ । जति जति वैशाख ३० नगिचिदै छ, उतिउति अस्वस्थ प्रतिस्पर्धा र एकले अर्कोलाई खुइल्याउने खालका चर्का विरोध सुनिन थालेका छन् ।
गठबन्धको समर्थन अथवा अवज्ञाको सम्मान यसको निर्णय निर्णायक जनताले वैशाख ३० मा गर्नेछन् । कसले जनताको मन जित्छ, मत जित्छ, जनविवेकको निर्णायक घडी नजिकिदैछ ।