Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राजपत्रमा छापियो एमसिसी

१९ सोमबार , बैशाख २०७९४ बर्ष अगाडि

काठमाडौं । संसदबाट पास भयो, राजपत्रमा छापियो । एमसिसी कार्यान्वयनमा आयो । एमसीसी परियोजनाका नाङ्गा समर्थकहरु बर्षमान पुन, प्रदीप ज्ञवाली, बिष्णु रिमाल, पुष्प कडेँल, भीम आचार्य, सुरेन्द्रप्रसाद पाण्डे, रघुजी पन्त, देवप्रसाद गुरुङ, भीम रावल, लीलामणी पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृकाप्रसाद यादव, मणिचन्द्र थापा, घनश्याम भुसाल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, अष्ठलक्ष्मी शाक्य, भरत दाहालहरु राजपत्र कष्ठस्थ पारेर बस्न बाध्य भए ।
कूल ३१२ किलोमिटर लामो नाङ्लेभारे–रातमाटे–दमौली हुँदै बुटवल र अर्को गगल्छी–हेटौडा पु¥याइने ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । सरकार र अमेरिकी सहयोग निकाय एमसिसीबीच यो सम्झौता २०७४ भदौ २९ गते भएको  थियो । उर्जा व्यापार सहजीकरण, विद्यूत ग्रीडमा उपलब्धता र स्थिरतामा सुधार गरी विद्युतमा बृद्धि गर्ने र रणनीतिक सडक सञ्जाल ५ वर्षभित्र सम्पन्न गर्ने समय सीमा निर्धारण गरिएको छ ।