Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गठबन्धनविरूद्ध गठबन्धन ः स्थानीय चुनावमै महाभारत

१२ सोमबार , बैशाख २०७९४ बर्ष अगाडि

०४६ सालपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कबोइराला, केपी ओली पटक पटक प्रधानमन्त्री भएका छन् । राजनेताको व्यक्तित्व कुनै प्रधानमन्त्रीले पनि बनाउन सकेनन् । कोही देशघातक त कोही जनघातक बनेर बदनाम भए । राष्ट्रघातको आरोप नलागेका एकजना पनि प्रधानमन्त्री जनताले पाउन सकेन । राजनेता कोही बन्न सकेनन् । भ्रष्टाचार गरेको आरोपमा इन्डोनेसियाका मोहमद सुहार्तो, फिलिपिन्सका फर्डिनान्ड मार्कोस तथा जोसेफ इस्ट्राडा, सर्बियाका स्लोबोदान मिलोसेभिक, पेरूका अल्बर्टो फुजीमोरी, नाइजिरियाका सनी अबाचा, हाइटीका जाँ–क्लाउड दुभालियर, निकारागुवाका अर्नोल्डो अलेमान र उक्रेनका प्रधानमन्त्री पाब्लो लाजेरेन्कोलाई दण्डित गरियो । हाम्रा देश र जनघातक कहिले दण्डित होलान् ?