Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रूसले यो क्षेप्यास्त्र हान्यो भने

१२ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

गत बुधवार रूसले १० हजार किलोमिटरको दूरीमा समेत लक्ष्य भेदन गर्नसक्ने अन्तरमहादेशीय आणविक क्षेप्यास्त्रको परीक्षण गरेको छ । यो परीक्षण आफ्नो सुरक्षा चासो संवोधन गर्न युद्ध गरिरहेको युक्रेनलाई तर्साउनमात्र गरिएको कसैले विश्वास गरेको छैन । यदि रूसले यो क्षेप्यास्त्र प्रहार गरिदियो भने नरसंहारमात्र हुनेछैन, विश्व जनमानस नै यसबाट पीडित हुनसक्छन् । रूसका राष्ट्रपति पुटिनले स्पष्ट शब्दमा, संसारले सुन्नेगरी भनेका छन्– हामीलाई धम्क्याउनेहरूले पटक पटक सोचुन् । यसपछि रूसको तास समाचार संस्थाले समाचार प्रशारित गरेको थियो– यो आणविक क्षेप्यास्त्र सन २००० देखि विकसित गरिएको हो । यो क्षेप्यास्त्रले अन्तर्महादेश प्रहार गर्नसक्ने र एकैपटकमा दशौंलाखको ज्यान लिनसक्नेछ । रूसको समाचारले विश्वलाई थर्कमान पारिदिएको छ ।
१९७१ देखि रूससँग सैनिक गठबन्धनमा रहेको भारतले रूसको हेलिकोप्टर नकिन्ने भएको छ । भारतले रूससँग सम्बन्ध बनाइराखेको छ, त्यसैले युक्रेन युद्धमा भारत सन्तुलित भूमिकामा रहेको देखिन्छ । नेपालले भने युक्रेनको साथ दिएर बढी अमेरिकातिर लहसिएको भूमिका देखाइसकेको छ । यति नै बेला नेपालमा रूसी हेलिकोप्टर किन्ने कुरा अघि बढेको छ । यता निर्वाचन गर्नसमेत पैसा छैन भनेर विदेशी गुहार्ने नेपालले चुनावका लागि वैदेशिक सहायता नपाएपछि टकटकिने र पुगेस् पुगेस् तरिकाले चुनाव गराउनतिर लागेको छ भने उता कमिशनकै लागि हेलिकोप्टर खरिद गर्ने चर्चा बाक्लिएको छ । तर नेपाली सेनाले यसबारेमा कुनै कुरा थाहा नभएको बताएपछि सरकार कमिशनको खेलमा लागेको संकेत मिलेको छ ।