बुद्धिष्टहरु राजालाई बुद्ध अवतारका रुपमा मान्छन् र एक दशकमा एकपटक सम्यक पूजा गर्दा राजालाई निम्त्याएर बुद्ध सम्झेर राजाको खुट्टा धोएर पूजा गर्ने चलन छ। अहिले त राजा नै छैनन्, त्यो परम्परा तोडिएको छ। राष्ट्रपति डा. रामवरण यादवलाई राजा बन्ने शौभाग्य प्राप्त भएन। नेपाल धर्मनिरपेक्ष भए पनि धार्मिक परम्परा रोकिएका छैनन्, राज्यले धार्मिक पराम्परागत खर्चमा रोक लगाएको पनि छैन। मात्र धर्मनिरपेक्षताको अर्थ क्रिश्चियनहरुलाई धर्मपरिवर्तन गर्ने ढोकामात्र खोलिदिनुमा सिमित देखिन्छ। तर सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले मधेसमा आफूलाई राजाका रुपमा स्थापित गराएका छन्। उनी भारतीय हुन्, अंगीकृत नेपाली नागरिक। राष्ट्रपति, प्रधानमन्त्री अथवा कुनै पनि राष्ट्रिय पदका लागि बंशजको आधारमा नेपाली नागरिक हुनैपर्ने प्रावधान नयाँ संविधानको मस्यौदामा उल्लेख गरिएकाले महतो बढी क्रान्तिकारी रुपमा आन्दोलित छन्। यही आक्रोस पोख्न उनले कैलाली पुगेर पहाडीया लखेट, जे जे हतियार छ लिएर निस्क भनेर उक्साएका थिए। घर घरमा रङ लगाउने रोजगारी खोज्दै नेपालमा पसेका राजेन्द्र महतो कति पटक मन्त्री भए, कति लुटे र कति लुट्दैछन्। यद्यपि उनले चुनाव हारे र हारेको झोकमा प्वाक्कै भने पनि– यो मेरो हार होइन, भारतको हार हो। एउटा नेता आफूले चुनाव हार्दा भारतको हार ठान्छ भने उनको इमान्दारिता यता छ कि उता? यस्ता व्यक्तिले साम्प्रदायिक दङ्गा फैलाउन खोज्दा राज्य कारवाही नै गर्न सक्दैन। अव यिनै भारतीय महतो नेपालको मधेसका 'महाराजा' बनेका छन् र मधेसी नेपालीहरुलाई खुट्टा ध्वाइरहेका छन्। मधेसमा समानताको बिगुल फुक्ने, मधसलाई लोकतान्त्रिक पार्ने महतो यस्ता? काशी, काश्मीर अजव नेपाल भएन त?