Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सत्ता र प्रमुख विपक्षी दुवै दूतावासको भोजमा

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमडौं । राजदूतले दूतावासमा भोज दिने र सत्तापक्ष तथा प्रतिपक्षी दूतावासमै यसरी लामवद्ध भएर जानेमात्र होइन, राजदूतले दिएको स्वागत मन्तव्यलाई कूलगुरूले दिएको ‘गायत्री मन्त्र’ सुनेझैं सुन्ने प्रचलन विश्वका कुनै मुलुकमा पनि देख्न पाइन्न, जुन नेपालमा देखियो ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएर फर्कने क्रममा उनले नेपाल सरकार र प्रतिपक्षीलाई स्वागत समारोहको आयोजना गरेका थिए । यो तस्वीर त्यही स्वागत समारोहको हो । जहाँ राजदूत मन्तव्य दिइरहेका छन् र सप्ताहका गुरूको वाचनलाई भक्तालुले सुनेझैं ध्यानपूर्वक प्रधानमन्त्री देउवा, सत्ता साझेदार प्रचण्ड र माधव नेपालमात्र होइन, प्रमुख प्रतिपक्षी एमालेका सुवास नेम्वाङ् पनि सुनिरहेका छन् । अचम्म छ नेपालको राजनीति र परराष्ट्रनीति । यो तरिका अलि हजम भएन नि ? भनेर कोही बोल्दैनन् । नेपाली राजनीति कहिले उत्तर, कहिले दक्षिणतिर र कहिले पश्चिमतिर यसरी सर्लक्कै, पर्लक्कै ढल्कने गरेको देखिन्छ । आफ्नो स्वत्व, पहिचान र राष्ट्रिय नीति तथा अडान त केही पनि बाँकी रहेन । जनता खुशी पार्ने राजनीति छैन, विदेशी खुशी पारेर स्वार्थपूर्ति गर्ने यो तरिकाले देश कहिले उँभो लाग्ला ?
कतै भारतमा राजदूत विदेश सचिव हुने र पछि मन्त्री हुने परिपाटी छ भनेर भारतलाई खुशी पार्ने कसरत सुरू गरिएको त होइन ? कठै लोकतन्त्र !