Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेकपाको तीर, हसिया हथौडा कांग्रेसको शीर

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमाडौं । पूर्वपञ्चहरूलाई प्रतिगामी भनेर नथाकेको एमालेले राप्रपा नेपालको ‘तीर’ चिन्हसँग तालमेल गरेको छ । अब राप्रपा नेपालका उमेदवारले सूर्य चिन्ह लिएर उमेदवारी दिनेछन् र सूर्य चिन्ह लिएर जति राप्रपा नेपालका उमेदवारले चुनाव जित्नेछन्, तिनीहरूको हैसियत ‘तीर’को अर्थात् राप्रपा नेपालकै हुनेछ । यसैगरी माओवादी केन्द्र, नेकपा समाजवादीका उमेदवार र कांग्रेसबीच तालमेल हुनेभएपछि उनीहरूले एक दोस्रा पार्टीका चुनाव चिन्हमा मतदान गर्नेछन् । नेकपाले तीर र कांग्रेसले हँसिया हथौडामा, क्रान्तिकारीले रूखमा मतदान गरेको दृश्य पनि देखिनेवाला छ ।
राप्रपा नेपाल अर्थात कमल थापाको चुनाव लड्ने र हैसियत स्थापित गर्ने चलाखी अचम्म राम्रो देखियो । राप्रपाबाट अलग भएरमात्र होइन, राजतन्त्र छाडेर हिन्दुराष्ट्रको मात्र एजेण्डा बोकेर चुनावमा निस्केको राप्रपा नेपालको काइदा अन्य पार्टीले पनि अनुशरण गर्नेछन् । यसैबीच नेपाल परिवार दलले पनि राप्रपा नेपालकै बाटो लिइसक्यो । सूर्य चिन्हमा चुनाव लडेर जित्ने अनि हामी परिवार दल हौं भन्ने ।
यो विषयमा निर्वाचन आयोग बोलेको छैन । एउटा चुनाव चिन्हमा चुनाव जितेर उसको हैसियत अर्को दलको कसरी हुन्छ ? यस्तो चमत्कार नेपालमा देखिनेछ ।
यसैबीच केही विश्लेषकहरूले भनेका छन्– एमालेले चुनाव जित्न, सत्तापक्षलाई हराउने यो नयाँ आइडिया निकालेछ । एक त सत्तापक्षका ५ दलको गठबन्धनसँग लड्न प्रतिपक्षीलाई एक्लै गाह्रै हुनेछ । त्यसैले एमालेले साना दलहरूसँग यस प्रकारको तालमेल मिलाउन थालेको हो ।
बरू माओवादी केन्द्र र एकीकृत समाजवादीका उमेदवारले पनि रूख चिन्ह लिएर लडे त भइहाल्यो । केही टिप्पणीकारको भनाइ छ– बिस्तारै राजनीति दुई पार्टी व्यवस्थातिर उन्मुख भएको छ । अब हुने अभ्यास त्यतैतिर जाँदैछ ।
हुनसक्छ कांग्रेसका देउवालाई ज्योतिषले भनेजस्तो ७ पल्ट प्रधानमन्त्री बनाउने ग्यारेण्टी गरिदिए प्रचण्डलाई सभापति दिन पनि देउवाले बेर लगाउने छैनन् ।
हुन त देउवा प्रधानमन्त्री भए पनि असली प्रधानमन्त्री प्रचण्ड नै हुन् । सत्तामात्र होइन, नेपाली कांग्रेसका कतिपय निर्णयसमेत प्रचण्डको सल्लाहमा हुनथालेको अनुमान धेरैको छ । यसैले त गगन थापा, शेखर कोइरालाहरू आक्रोसित भइरहेका देखिन्छन् ।
वीपी कोइरालाको प्रजातान्त्रिक पार्टीभित्र कम्युनिजम गनाउन थालेको छ । नेपाली कम्युनिजम भनेको कम्युन्यालिष्ट, कमाउनिष्ट हो, जुन लोकतन्त्रमा व्याप्त भइसकेको छ ।
नेपालको प्रजातन्त्रमा वामपन्थी बढेर गएको र चीनपरस्त बढी देखिएकाले पश्चिमा विकास मोडलको गाडी चढेर नेपाल प्रवेश गरेको हो । नागरिक समाज, विवेकशील बुद्धिजीवी छन् भने तिनले सोच्ने बेला आयो, नेपालको विकास नेपालीपनमा हुनुपर्छ । चीन, भारत वा अमेरिकी मोडलमा ल्याएको कुनै पनि विकासले नेपाली समाज धान्न सक्दैन । नेपालको असंलग्न परराष्ट्रनीति, पूर्वीय दर्शन, आफ्नै संष्कार र संस्कृति, समाज व्यवस्थाअनुकूल विकास र पद्धतिलाई ढाल्ने सोच आवश्यक भइसक्यो । अन्यथा भूराजनीतिमा प्रवेश गरेको शक्तिराष्ट्रको रणनीतिले वामपन्थ घट्ला, प्रजातन्त्र बढ्ला, जोखिम पनि बढने पक्का छ ।