Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

८० अर्बको सहयोग

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

काठमाडौं । एमसिसी पास भएपछि देश गृहयुद्धमा जान्छ भन्नेहरू जिल्लाराम परेका छन् । अमेरिका बिरूद्ध उग्रह विरोध गर्नेहरू यतिबेला सन्निपात लागेका विरामीजस्ता परेका छन् । न एमसिसीबारे बोल्छन्, न अमेरिकाले आगामी ५ वर्षमा नेपालका विकास आयोजनामा खर्च गर्नेगरी एमसिसीमा दिनेभन्दा ठूलो धनराशी ८० अर्व सहयोग दिएको र सरकारले स्वीकार गरेको छ । विरोधीहरू मर्न मार्न तैयार भएर माइतीघर मण्डलामा, टीभी र यूट्यूवमा देखिने क्रान्तिकारीहरू दुला पसेका छन् ।
नेपाल अमेरिकाको सम्बन्धमा विकास र प्रजातान्त्रिकरणको यो नयाँ युग सुरू भएजस्तो छ । यसैगरी नेपालमा भ्रष्टाचार न्यूनिकरणमा पनि दबाब दिने हो भने नाममात्रको कम्युनिष्टहरूको राजनीतिक प्रभावकारितामा पनि कमी आउँदै जाने र छिटै कम्युनिष्टहरूको नाम परिवर्तन हुनसक्ने आँकलन सुरू भइसकेको छ ।