Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

छोडपत्रका मुद्दा र सम्पत्तिको दावीको खात

२१ सोमबार , चैत्र २०७८४ बर्ष अगाडि

हरेक दिन घरझगडाका उजुरी, अदालतमा छोडपत्रका मुद्दा र सम्पत्तिको दावीको खात लाग्न थालेपछि कानुन आयोगले नयाँ कानुनको मस्यौदा तैयार पारेको छ । यही मस्यौदा सुनेपछि महिलाहरू आगो भएका खबर सार्वजनिक भइरहेका देखिन्छन् ।
श्रीमान फेर्दै सम्पत्ति बटुल्ने बढ्दो चरित्रलाई निरूत्साहित गर्न आयोगले कानुन मस्यौदा गरेको भनेको छ । तर महिलाहरू आयोगको विरूद्धमा आगो ओकल्न थालेका हुन् ।
विवाह आपसी विश्वास र जन्म जन्मको सम्बन्ध मानिन्छ । तर वैदेशिक रोजगारी र अत्याधुनिकतामा घुलमिल हुन चाहने महिलाहरूका कारण विवाह, सम्बन्ध, छोडपत्रका घटना अत्यधिक बढेका छन् । नयाँ नयाँ महिलासँग संसर्ग मनपराउने पुरूष पनि दोषी देखिएका छन् । पुरूषकै कारण अर्काको घरलाई आफ्नो संसार सम्झेर जाने महिलाहरूको प्रेम, भावना र विश्वासमा कतिपय पुरूषले खेलवाड गर्दा महिलाको जीवन नर्क भएको पनि देखिएका छन् । सम्बन्ध चिस्सिएपछि कतिपय आआफ्ना बाटो लाग्छन् ।
महिला अधिकारकर्मीको भनाइ छ– आज एक ठाउँमा अनि भोलि अर्को ठाउँ जाने भनेको उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ रहेको बताउँदै लिलीले महिलालाई त्यस्तो कच्चा पदार्थ वा उद्योगको उत्पादनसँग नदाँज्न भनेकी हुन् ।
समाजशस्त्रीका अनुसार बढ्दो सम्बन्ध विच्छेद पश्चिमा सिको हो । अदालतले सम्बन्धविच्छेदपछि मानोपाथी भराउने, अंश दिलाउने कम गर्छ । अंशकै लागि पनि सम्बन्ध जोड्ने र विच्छेद गर्ने घटना पनि घटेका छन् । यहीकारण कानुन आयोगले पतिबाट अंश लिएर अर्को विहे गरेका पूर्वपतिको सम्पत्ति फिर्ता दिनुपर्ने प्रस्ताव गरेको कारण महिलाहरू आक्रोसित भएका हुन् । मुलुकी देवानी संहिता २०७४ लाई संशोधन गर्ने तयारी गरेसँगै उक्त प्रस्तावको पक्ष र विपक्षमा द्वन्द्व चर्केर गएको देखिन्छ ।
आयोगले संहिताको दफा १०३ मा खण्ड (क) थपेर यदि कुनै पारपाचुके गरेकी महिलाले अर्को बिहे गरेमा अंशवापत पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने प्रस्ताव गरेको हो । संविधानमा भएको मौलिक हक उल्लंघन हुने गरी विभेदपूर्ण रूपमा प्रस्ताव ल्याइएको भन्दै विरोध बढेको छ ।