Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ओली हराउन ५ दलीय गठबन्धन

२१ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । पार्टीले फर्मान जारी गर्नासाथ जनवादीले कांग्रेसलाई, कांग्रेसले कम्युनिष्टलाई भोट हाल्लान् ? कांग्रेसले कम्युनिष्ट जिन्दावाद, कम्युनिष्टले कांग्रेस जिन्दावाद भन्ने हो भने नीति, निष्ठा र सिद्धान्तको के अर्थ रह्यो र ?
अचम्म गठबन्धन हुने सन्देश कांग्रेस सभापतिले दिएपछि कांग्रेस कार्यकर्तामा कम्युनिष्टलाई भन्दा बढी उत्साह देखेर विश्लेषकहरूले अचम्म मानेका छन् ।
एकजना केपी ओलीलाई हराउन, एमालेलाई परास्त गर्न ५ दलीय गठबन्धन आश्चर्य छ । संघीयताको विरोध राष्ट्रिय जनमोर्चा, जनवादी माओवादी, कम्युनिष्ट माधव नेपाल, जसपा र कांग्रेस गठबन्धन बनाएर एमालेविरूद्ध चुनाव लड्ने भनेको ठूलै युद्ध हो । प्रदेश र केन्द्रको चुनाव अघिको स्थानीय निकायको निर्वाचन युद्ध अघिको डरलाग्दो दृश्यजस्तो प्रतित हुनथालेको छ ।