Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नतिजा नै उलटफेर, त्रिविको बेहाल

२१ सोमबार , चैत्र २०७८४ बर्ष अगाडि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले परीक्षाको नतिजा नै फेरबदल गर्ने विज्ञ प्रा.डा. टेकनाथ ढकाल, सहप्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरूद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरको छ । नतिजा फेर बदल गरिएका पदहरूमा उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षामा आर्थिक चलखेल भएको अख्तियारको दावी छ ।
आर्थिक चलखेलका कारण उत्कृष्ट उम्मेदवारलाई पाखा लगाएर अनियमितता गरेको, प्राप्तांक केरमेट गरेको, अंक थपघट गरी नतिजा उलटफेर गरेको, उत्तर नलेखेकोमा समेत अंक दिएर उत्तीर्ण गराएको भन्ने उजुरीमा अनुसन्धान हुँदा उजुरी सही देखिएकोले अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
यस्तो अनियमित कर्म गर्ने सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्रशासक इन्दिरा घिमिरे, प्रा.डा. टेकनाथ ढकाल, तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालीन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे रहेका छन् ।
त्रिविमा राजनीतिकरण भएपछि कतिसम्मको अनियमित कार्य हुनेरहेछ भन्ने यो पछिल्लो दृष्टान्त हो । यसबाट त्रिविको साख ह्वात्तै घट्न पुगेको छ ।