Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपाल निर्माताप्रति तिक्तता, गान्धीप्रति सम्मान !

१९ शनिबार , चैत्र २०७८४ बर्ष अगाडि

नेपाल निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सकिदैन भन्ने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीले नेपालमा हुँदा गान्धी जयन्तीमा सक्रिय सहभागिता जनाएर गान्धीलाई माल्यार्पण गरेका थिए भने अहिले भारत भ्रमणमा गएका बेलामा गान्धीको समाधिस्थलमा पुगेर फूलका गुच्छा चढाए, शीर झुकाए, श्रद्धाञ्जली अर्पण गरे ।
यी कस्ता प्रधानमन्त्री हुन्, जसले राष्ट्रनिर्मातालाई आदर गर्न सक्दैनन् । राष्ट्रनिर्माताको जन्मदिन पुस २७ का दिनमा विदा दिदैनन् । कुनै पनि सम्मान गर्नै चाहदैनन् । जन्मदाताप्रतिको यति धेरै तिक्तता किन ?
कांग्रेसभित्र विवेक भएका लाखौं कार्यकर्ता, नेता छन्, तिनले राष्ट्रनिर्माताप्रति सम्मान गरौं भनेर किन भन्न सक्दैनन् ? आश्चर्य छ ।