Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

काश्मिर फाइल्स, चर्च उद्घाटन र बुद्धको मूर्ति तोडफोड

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुसिकोटमा ३ करोडको लागतमा मुसिकोट एजी चर्च शिलान्यास गरेका छन् । भारत सरकारले अन्धजातिवाद, अनुदारवाद हुर्काउन काश्मिर फाइल्स फिल्म प्रवद्र्धन गरिदियो । यता अर्थमन्त्री चर्च खोल्दैछन् । मोहल लामा रूम्बाजीले ‘नेपालमा अब मूर्ति काण्ड हुनेछ अनि हिन्दु–बौद्ध जुधाइनेछ’ भन्नुभएको थियो तमसोमा ज्योतिर्गमय कार्यक्रममा । त्यसैअनुरूप छद्म इसाईहरू सलबलाउन थालिसके । चेतना भया ।
धर्मनिरपेक्ष बनाएको १३ वर्षमै यो के हुनथाल्यो । हिन्दुको देशलाई धर्मनिरपेक्ष लेखियो, बुद्धको जन्मथलोमा बुद्धको मूर्ति तोडफोड हुनथाल्यो । कतै चुनावका लागि आतङ्क र हिंसाको जग हाल्ने काम भएको त होइन । सरकार, नागरिक समाज, आमनागरिक धेरै नै सचेत हुन जरूरी देखिन थाल्यो ।