Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

के भन्छन् अर्थविदहरु ?

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । अर्थतन्त्रका डाक्टरहरू नेपालको बिरामी अर्थतन्त्रको चिरफार गर्न दुई जुटे । रोग पत्ता लगाए कि लगाएनन्, कुन औषधिले रोग ठिक हुन्छ भन्ने सुझाव तैयार पारे सार्वजनिक भइसकेको छैन । सत्तावादी र अवसरवादी डाक्टरहरूको जमघटमा हरेकले जिब्रो चपाएर बोलेको र अर्थतन्त्रको बेथितिको स्पष्ट चित्र कोर्न नसकेको टिप्पणी सुन्न थालिएको छ । किन अर्थतन्त्र सुधारमा यसै गनुपर्छ भन्न सकेनन् ?
देशभरि चर्चा र चासो फैलिएको छ– मुलुक टाट पल्ट्यो, नोट धोक्रोमा लुकाए, हजार र पाँच शयका नोटको नोटबन्दी गर्नुपर्छ भन्ने कुरा उठिरहेका बेलामा अर्थतन्त्रका समस्या पहिचान र समाधान खोज्न अर्थशास्त्री जुटेको देखियो ।   प्रथम राष्ट्रिय अर्थशास्त्री सम्मेलन २०७८ चैत्र ११ र १२ गते सम्पन्न भयो । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालद्धारा आयोजित सम्मेलन अर्थशास्त्रीहरको भाषणमै सिमित रहेको कुराले निराशा फैलाएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता डा. प्रकाश शरण महत, एमाले नेता घनश्याम भुषाल, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, राष्ट्रिय योजना आयोगका सदस्य डा. राम कुमार फुयाल, प्राध्यापक डा. शिवराज अधिकारी, प्रा.डा. जीवनाथ धितार कार्यक्रममा थिए ।
कार्यक्रममा अर्थशास्त्री डा. जीवन अंगाईले नेपाली अर्थतन्त्रको परिदृष्य र समसामयिक मुद्धाहरूको विषयमा कार्यपत्र पेश गरे । डा. सुनिलकुमार पोखरेलले दीगो विकासका लागि प्राकृतिक श्रोत साधनको उपयोगिता विषयमा कार्यपत्र लिएर आए । डा. चन्द्रमणी अधिकारी र डा. निर्मल कुमार रावतले टिप्पणी गरे ।
दोस्रो दिन गोलमेच सम्मेलन नै गरियो । प्रा. डा. सुरेन्द्र लाभ कर्ण, दिपेन्द्र बहादुर क्षेत्री, डा दिल बहादुर गुरूङ्ग, प्रा. डा. सूर्य थापा, लिलामणी पौडेल, डा. रघुवीर विष्ट र प्रा. डा. विश्वम्भर प्याकुरेलको अध्यक्षतामा छलफल भयो । हरि रोकाले कसरी निर्माण गर्न सकिन्छ नेपाली समाज ? भन्ने प्रश्नमा डा. सुरेन्द्र उप्रेती र डा. उत्तम खनालले टिप्पणी गरे । डा. मिन बहादुर श्रेष्ठले नेपालमा योजनाको कार्यान्वयन र अवस्था, डा. गणेशराज जोशीले नेपालमा कृषिको रूपान्तरणका अवसर र चुनौती, डा. उत्तम खनालले समाजवाद उन्मुख अर्थतन्त्रमा नीजिक्षेत्रको भूमिका, डा. ज्ञानेन्द्र प्रसाद पौडेलले सहकारीको पैसट्ठी बर्षे इतिहाँस र भावि दिशा, डा. भरतराम ढुंगाना र सिद्धराज भट्टले नेपालमा वित्तीय पहुँच र उत्पादनशील लगानी र बैकुन्ठ पान्डेले नवउदारबादी नीतिको प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यी कार्यपत्रहरूमा प्रा. डा. गोविन्द नेपाल, प्रा. डा. सुरेन्द्र लाभ कर्ण, डा. यम बहादुर थापा, डा. सुशील पान्डे, बाबुल खनाल, गणेश घिमिरे, डा. चन्द्रकान्त पौडेल,  परितोष पौड्याल, गोपी मैनाली, नर बहादुर थापा, अनन्तराज दाहाल, अनन्त कुमार मैनाली, डा. डिल्लीराज खनाल र टिएन आचार्य, डा.रामकुमार फुयालले टिप्पणी गरेका थिए । निष्कर्ष सरकारलाई बुझाउने भनिए पनि देखिनुपर्ने अर्थतन्त्रप्रतिको चिन्ता र निकास दिन नसकेको बताइन्छ ।