Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिसो स्वागत, मन दुखायो चीनले

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ् यी चैत ११ गते अफगानिस्तान, पाकिस्तान, भारत हुँदै नेपाल आए र सबैभन्दा बढी समय ३ दिन नेपालको भ्रमण गरेर आइतवार साँझ फर्किए् ।
वाङ नेपाल आए, निम्ता दिने परराष्ट्रमन्त्रीले स्वागतका लागि सचिव भरतराज पौड्याललाई पठाइदिए । अर्थात् उनका स्वागतको संकेत चिसो रह्यो । यद्यपि शिवपुरीको हाइकिङ्, पोखरा विमानस्थलको हस्तान्तरणदेखि ९ बुँदे सहमतिमा सही भयो । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रचण्ड र ओलीसँग भेटवार्ता गरे । नेपाललाई बुझे, नेपाललाई सांकेतिक सन्देश दिए । नेपालले औपचारिकता निर्वाह ग¥यो ।
आश्चर्य नेपालसँग एमसिसी किन पास गरेको सोधेनन् । तर चीनको बीआरआई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा जोड दिए । दुवै देशले सहमति जनाउका विषय छन्– केरूङ–काठमाडौँ रेल, आर्थिक तथा प्राविधिक सहयोग, रातामाटे–केरूङ विद्युत् प्रसारण लाइनको सम्भाव्यता अध्ययन परिमार्जन, ऊर्जा क्षेत्रमा थप सहकार्य, चीनतर्फ विकासे घाँस निर्यात, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्कमुक्त कारोबारको विनिमयपत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मतसम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धिसम्बन्धी सातौं बैठकको दस्तावेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौं र छैटौं खेपमा ४० लाख सिनोभ्याक खोप) खोप आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनस्थित विपी कोइराला क्यान्सर अस्पतालमा सेवा गर्न चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारी ।
चिनियाँ समकक्षीसँगको वार्तामा नेपालले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने वाचा गर्दै सीमा नाका सञ्चालन नहुँदा नेपालको अर्थतन्त्रमा परेको प्रभाव र चुनौती र राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणका बेला घोषणा गरिएको आर्थिक सहायता कार्यान्वयन नभएको मन्त्री खड्काले गुनासो सुनाए । खासगरी भूकम्पपछि र कोरोनासँग जुध्न खोप सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गरियो । भ्रमण अवधिभर चिनियाँ राजदूत हाउ यान्छी विशेष सक्रिय देखिइन् ।

चीनले के सन्देश दिएर गयो
काठमाडौं । एमसिसी संसदबाट पास भए लगत्तै चिनियाँ विदेश मन्त्री आए, र नेपाल, दक्षिण एसिया र विश्वशक्तिलाई के सन्देश दिएर गए ? प्रश्न यो हो ।
१. भारतमा दक्षिण एसियामा चीन र भारतको सहकार्यका बारेमा कुरा गरेर नेपाल आएका वाङ यीले नेपाललाई तीन क्षेत्रमा सहयोग गर्ने बताउँदै नेपालमा हुनसक्ने कुनै पनि किसिमको भूराजनीतिक चलखेलको प्रयासको चीनले नसहने स्पष्ट सन्देश दिएका छन् ।
२. विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय वा दुई देशको घरेलु अवस्थामा जस्तोसुकै परिवर्तन आए पनि दुबै देशको नेतृत्वले तय गरेको मार्गलाई साझा भनेका छन् ।
३. वाङ नेपाल आउँदै गर्दा चीनले विज्ञ गाओ ल्याङद्वारा नेपालले स्वतन्त्र ढङ्गले विदेश नीति सञ्चालन गरेसम्म चीन नेपालप्रति विश्वस्त रहने बताएको थियो । वाङले नेपालमा जनाउ दिंदै भने– चीनले नेपालको मामिला नेपाली नागरिकहरू स्वयंले निर्णय गर्नुपर्छ भन्ने विश्वास राख्छ । चीनले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता अवमूल्यन गर्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालमा भूराजनीतिक चलखेलमा संलग्न हुने प्रयासको विरोध गर्छ । वाङले नेपाल सुहाउँदो विकासको मार्ग पहिल्याउन सबै दल र समूहलाई सहयोग गर्ने र संयुक्त रूपमा स्थिरता, आर्थिक वृद्धि र सुशासनको ढाँचा पहिल्याउन सकिने बताए ।
त्यसपछि नेपालले एक चीन नीतिमा पुनः प्रतिवद्धता जनायो । यसपल्ट भने वाङ्ले माधव नेपाललाई भने भेटेनन् र वाम टुक्रिएको हेर्न नचाहेको स्पष्ट सन्देश दिएर गएका छन् । नेपालले बीआरआईका लागि योजना छनौट नगरेको सन्दर्भमा वाङ्ले भनेका छन्– चिनियाँ पक्ष दुई देशबीच महत्त्वपूर्ण सहकार्यका परियोजनालाई द्रुत ढङ्गले अघि बढाउन चाहन्छ, दुई देशका स्थल नाकाहरूबाट असहज आपूर्ति सुनिश्चित गर्न चाहन्छ, ऊर्जाका क्षेत्रमा अन्तर्देशीय सम्भावनाको खोजी गर्न चाहन्छ र आर्थिक तथा सांस्कृतिक आदान प्रदान विस्तार गर्न अनि ट्रान्स हिमालय त्रीआयामिक सम्पर्क सञ्जाल निर्माण गरेर हिमालयलाई दुई देशबिचको मित्रवत् सहकार्यको सेतु बनाउन चाहन्छ । तर परराष्ट्रको विज्ञप्तिमा बीआरआईको शब्दसमेत उच्चारण नहुनुले नेपाल–चीन सम्बन्ध न्यानो छ भन्न सकिने अवस्था छैन । सीमा समस्या छ भन्ने सरकारले यो विषय प्रवेश नै गर्न चाहेन ।