Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेस–एमाले चुनावी टक्कर

०७ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

प्रचण्डले भनेका छन्, नम्बर वान पार्टी बन्ने वातावरण छ । प्रचण्डले कार्यकर्ताहरूलाई आदेश दिएका छन्– २०७४ सालको जस्तो सक्रियता देखाउनु प¥यो । माधव नेपाल र झलनाथ खनाल अहिले पनि ओलीविरूद्ध खनिएका छन् । यहाँसम्म कि ओलीलाई चुनाव हराउन माधव नेपाल कस्सिएका छन् भने झलनाथ खनाल ओलीको पैसा लिएर मत नदिनसमेत आह्वान गरेका छन् । राजनीतिक विश्लेषकहरू भन्छन्– एमाओवादीमात्र होइन, अध्यक्ष प्रचण्ड र एकीकृत स का अध्यक्ष माधव नेपालको चुनावी भविष्य स्थानीय निकायको निर्वाचन परिणामले स्पष्ट पारिदिनेछ । प्रचण्ड र माधव नेतृत्वको पार्टी असाध्यै जोखिममा परेको छ ।
काठमाडौं । स्थानीय निकायको चुनाव लागेको छ ठूला दललाई । गठबन्धन कायम रहे एमाले र गठबन्धनबीच घम्साघम्सी पर्नेछ भने गठबन्धन कायम रहन सकेन भने सत्तारूढ कांग्रेस र एमालेबीच चुनावी प्रतिस्पर्धा रहनेछ । माधव नेपालको नेकपा एकीकृत समाजवादीको हैसियत भनेको एमालेलाई हराउनुमात्र हुनेछ । नेकपा माओवादीको स्थिति कमजोर भएकैले अध्यक्ष प्रचण्डले कांग्रेस गठबन्धन गर्न नचाहे एमालेसँग गठबन्धन हुनसक्छ भन्ने अभिव्यक्तिबाट समेत स्थितिको आँकलन गर्न सकिन्छ ।
एमाले फुट्यो । माधव नेपालले पार्टी फुटाए । तर एमालेका सभाहरू हेर्दा लाग्छ– स्थानीय निकायमा एमालेप्रतिको आकर्षण कत्ति पनि कम भएको छैन ।
एमालेको संविधानको दुरूपयोग, संसदको बिघटन र सत्तामा रहँदाका अन्य केही गल्ती कमजोरीका कारण पालो नेपाली कांग्रेसकै थियो । तर प्रचण्ड र माधव नेपालले कांग्रेसलाई सत्ताको बागडोरमा पु¥याइदिए । सरकार संसदले दिने भए पनि अदालतको परमादेशबाट सरकार बन्यो, गठबन्धन सरकार चलाइरहेको छ । गठबन्धन कुन बेला तोडिन्छ भन्न सकिन्न । सत्ता गठबन्धनका पाँचै दलबीच चुनावमा एक्लै जाने कि गठबन्धन गर्ने भन्ने निर्णय हुनसकेको छैन र असन्तुष्टि बढिरहेको छ । यहाँसम्म कि केन्द्र सरकारको अर्ली इलेक्शनको सम्भाबना टरिसकेको छैन ।
यसैबीच यी चारै दललाई स्थानीय चुनावले छोपेको छ । चारै नेता एकपछि अर्को जिल्ला, निकायमा सभा सम्मेलन गर्न दौडिरहेका छन् । प्रधानमन्त्री पार्टीको स्थिति बुझ्न पार्टी पंक्तिलाई ‘घर घर जाऔं, चुनाव जिताऔं’ अभियानमा पठाएका छन् भने आफै पनि सरकारी काम छाडेर उद्घाटन, आयोजना स्थल, शिलान्यासमा कुदिरहेका छन् । स्थानीय नेता कार्यकर्तासँगको भेटवार्ता र सुझाव लिने काममा चारै नेता सक्रिय देखिएका छन् । प्रधानमन्त्री स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताइरहेका छन् । प्रधानमन्त्री साना साना कार्यक्रममा समेत गइरहेका छन् अर्थात कांग्रेसी माहोल बनाइरहेका छन् ।
स्थानीय निर्वाचन ५१ दिन बाँकी हुँदा चैत २ गते संसद अधिवेशन सकेर सबै दलहरू चुनावी अभियानमा जुटिसकेका छन् । यहाँसम्म कि विप्लव माओवादीसमेत चुनावलाई ‘टेस्ट’ गर्ने मूड बनाइरहेको छ । यसरी दौडाधुपमा लागेका पार्टी नेताहरू घोचपेच र आरोप प्रत्यारोपमा भने कोही भन्दा कोही कम देखिएका छैनन् । कतै एमालेका, कतै माओवादीका र कतै मधेशी र नेकपा सका प्रभावशाली नेता पार्टी त्याग र प्रवेश गर्ने लहरले सबै नेताको कन्चटबाट पसिना चुहिन थालेको छ । गठबन्धनमा कांग्रेसले गठबन्धन गर्ला कि नगर्ला भन्ने शंका छ र असन्तुष्टि पनि बढेको छ ।
प्रचण्ड र माधव ओलीप्रति कटाक्ष गर्दै दम्भ, अहंकार, निरंकूश प्रवृत्तिका बाहकलाई परास्त गर्नैपर्ने भनेर हरेक सभामा भन्छन्, मुख्य सवाल यही हो कि ओलीलाई परास्त गर्न सक्लान् ?