Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रको सङ्कटमोचक राजा नै हुन्

०७ सोमबार , चैत्र २०७८४ बर्ष अगाडि

काठमाडौं । वरिष्ठ कलाकार सन्तोष पन्तले भनेका छन्– सङ्कट धेरै बढ्यो, राष्ट्र बचाउने सङ्कटमोचक राजा नै हुन् । कलाकार पन्तले भनेका छन्– राष्ट्र गम्भीर संकटमा भएको बेला पूर्व महाराजधीराज ज्ञानेन्द्र नै राजगद्दीमा बस्नु परेको दृष्टान्त छ, फेरी त्यस्तै समय आयो ।
पन्तले ०७ साल र ०५८ सालको दृष्टान्त दिँदै नियतिले नै देश गम्भीर मोडमा पुगेको बेला देशको नेतृत्वमा राजा ज्ञानेन्द्रलाई नै पुरÞ्याएको इतिहास छ, राष्ट्रमा फेरी त्यस्तै स्थिति देखा परेकोले राजा ज्ञानेन्द्रले नै राष्ट्रको उद्धार गर्नुपर्ने समय आयो ।
०७ सालमा पनि राजा त्रिभुवनले परिवार नै लिएर दिल्ली गएको बेला उहाँलाई नै राजा बनाइयो । ०५८ सालमा राजपरिवारको हत्याकाण्ड भयो, त्यतिबेला पनि पार्टीहरूले ज्ञानेन्द्र शाहलाई नै राजा बनाएका हुन् । अहिले देश अप्ठ्यारोमा छ । अब देशलाई बचाउने, तह लगाउने संकटमोचक पनि राजा ज्ञानेन्द्र नै हुन् । अर्को विकल्प नेपालीसँग छैन । पन्तको आग्रह छ– तत्काल सत्ता हातमा लिएर नागरिक सरकार गठन गर्नुपर्छ । राजाले जनताको नासो जनतालाई नै बुझाएपछि देश झनझन् जर्जर हुँदै गएको स्पष्ट छ । छिमेकी शक्तिशाली भएकोले देशको अखण्डता र राष्ट्रियता जोगाइ राख्न राजसंस्था अपरिहार्य छ । पन्तको विश्वास छ, नेपाल देवस्थल हो, धर्मसम्मत राज्य स्थापना हुन्छ हुन्छ ।