Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

माओवादी जिताउने जिम्मा धुर्मुस सुन्तलीलाई

०७ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले गौतमबुद्ध क्रिकेट रङ्गशाला बनाउन नसकिने भनेर भरतपुर महानगरलाई जिम्मा लिन पत्र लेखेपछि ठूलै भ्रष्टाचार भएका खबरहरू सार्वजनिक भएका थिए । राष्ट्रिय प्राथमिकतामा पर्ने योजना किन कलाकारले जिम्मा लिए, बीचैमा छाडे, ऋण लाग्यो भने भन्ने विषयले धुर्मुस सुन्तलीको व्यक्तित्वमा समेत ठुलै धक्का लाग्यो ।
यी कलाकारका बारेमा अनेक रङ् बिरङ्का खबरहरू आइरहे । अब उनीहरू माओवादीमा समाहित भएको खबर आएपछि धुर्मुस सुन्तलीले क्रिकेट मैदान निर्माण गर्न जिम्मा लिएर पन्छिएको विषय ठूलौ चर्चामा रहेको देखिन्छ ।
भूकम्पपछि राम्रा काम गरेका कलाकार धुर्मुस सुन्तलीको टिप्पणी छ– विकासप्रेमी पार्टी माओवादी रहेछ । माओवादीले के चाहिं विकास गरेछ, त्यो भने माओवादीमा समाहित भएका धुर्मुस सुन्तलीले जनतालाई बताइसकेका छैनन् ।
भरतपुरमा गौतमबुद्ध क्रिकेट रङ्गशाला अधुरै छाडेकोमात्र होइन, १७ करोड ऋण लागेको बताएका धुर्मुस अभियानको जिम्मेवारी भरतपुर महानगरपालिकाकीमेयर रेणु दाहालले लिने भएपछि धुर्मुस सुन्तली माओवादी केन्द्र प्रवेश गरेको बुझ्न सकिन्छ । धुर्मुसले सोचेअनुसार सहयोग प्राप्त नभएपछि योजनाको स्वामित्व महानगरलाई लिन आग्रह गरेको बताएका छन् । मेयर दाहालले यो सरकारको जिम्मेवारी भएकाले केन्द्र सरकारलाई यो योजना पूरा गर्न आग्रह गर्ने बताएकी छिन् । धुर्मुस सुन्तली फाउण्डेशनले थप स्रोत जुटाउन नसकिने भनेपछि महानगरले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर यो योजना अघि बढाउने निर्णय गरेको दाहालले बताइन् ।
अब माओवादी जिताउ अभियानमा धुर्मुस सुन्तलीको चुनावी अभियान सक्रियता हेर्न लायक हुनेछ ।