Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिनियाँ प्याकेज चैत्र १२ गते

३० सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । कम्युनिष्टहरूको बलमा अमेरिकी योजना एमसिसी संसदबाटै पास भएपछि चिनियाँ विदेशमन्त्री वाङ यी अर्को हप्ता नेपाल भ्रमणमा आउनेछन् ।
एमसिसीबारे चेतावनी लिएर आउने हुन् कि बिआरआईको थप प्याकेज लिएर आउने हुन्, स्पष्ट छैन, तर नेपालको भूराजनीतिमा अमेरिकी प्रवेश र चिनियाँ सक्रियतालाई नेपालले सुझबुझ तरिकाले ट्याकल नगरेर जोखिम बढनेछ ।
चीनलाई बुझ्नेहरू भन्छन्– चीनको चासो सुरक्षा हो । चीनको चासो नेपाली भूमि चीनविरूद्धका कुनै पनि क्रियाकलापका लागि प्रयोग नहोस् भन्ने हो । कूटनीति बुझ्नेहरू भन्छन्– रूसले युक्रेनलाई धुलोपिठो, डढेलो लगाएझैं लगाउने दिन नआओस् भन्नका लागि नेपालले परिपक्व कूटनीतिक सुझबुझ देखाउन जरूरी छ ।