Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कोकाकोलालाई मुद्दा, एनसेललाई कहिले ?

३० सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । साना पत्रिका भनेर हेप्नेका लागि टक्सार पत्रिका र गजेन्द्र बुढाथोकीले ठूलै काम गरेर देखाइदिएका छन् । ठूला पत्रिकाका लागि समाचार भन्दा पनि विज्ञापनको स्रोत बनेको कोकाकोला र एनसेलको राजस्व छली, तिनलाई संरक्षण गर्ने राजनीतिक नेता र दलको समेत बिस्तारै मुखुण्डो उत्रिनेवाला छ । कोकाकोलामाथि राजस्व अनुसन्धानले मुद्दा दायर गरेको छ । आवश्यक छ– सेटिङ नहोस् भनेर खबरदारीको ।
साना मिडियाले लेखेर के हुन्छ होइन, धेरै हुनेरहेछ । कोकाकोलाले अर्वौं राजस्व छली गरेको मुद्दा अदालत पुग्यो, अब एनसेलको कहिले भन्ने प्रश्न खडा भएको छ । एनसेलले राजस्व छलेको ठूलै हङ्गामा भए पनि ठूला मिडिया र ठूला पार्टीको संरक्षणमा अहिलेसम्म बच्दै आएको छ एनसेल ।
अब कोक बहिस्कार गरौं, एनसेल बहिस्कार गरौं भनेर जनता पनि जाग्नुपर्छ । एनसेलले जसरी किनबेच र बिलिङ्मा राजस्व छली गरेका छन्, त्यसैगरी कोकाकोलाले पनि राजस्व छलेको छ । जनतालाई हजार हजारमा पनि कर असुल गर्ने सरकार कोक र एनजस्तालाई किन छुट दिइरहेको छ ?
कोकाकोलाको कर छली गजेन्द्र बुढाथोकीको एकल प्रयासबाट उजागर हुनपुगेको छ । गजेन्द्रका अनुसार उनलाई सञ्चारकर्मी साथीहरू, पूर्वप्रशासकहरू, वर्तमान प्रशासकहरू, कम्पनीका संस्थापक, सञ्चालकहरू, ट्रेड युनियनहरू, सीएहरू, कानुन व्यवसायी÷ एटर्नीहरूको ठूलो सहयोग रहेको थियो । टक्सार म्यागेजिन पत्रिका निस्कदै जाने र कोकाकोलाले उठाउँदै गए पनि अभियान रोकिएन, आखिरमा कर छली भएका प्रमाणसहित मुद्दा अदालत पुगेको छ ।
राजस्व अनुसन्धानले हालेको कर छली मुद्दा उच्च अदालतमा पुगेको छ । कतैबाट पनि कोकलाई संरक्षण दिने काम नहोस् । एनसेलमाथि पनि विशेष छानबिन र छलेको कर उठाउने प्रक्रिया सुरू हुनुपर्छ भन्छन् आम जनता ।