Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कम्युनिष्टसँग चीन रिसायो

२३ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । एमसिसी पास भएपछि चीनले नेपाली कम्युनिष्टहरूले धोका दिएको, घात गरेको छ भन्ने छनकहरू देखिन थालेका छन् । एमसिसी अनुमोदन नहोस् भनेर चीनले बारम्बार नेपाली कम्युनिष्टहरूसँग वार्ता गरिरहेको थियो, अमेरिकाको विरोधमा समेत बोल्यो, तर सफल हुनसकेन । नेपाली कम्युनिष्टहरूले चीनको सुझावमा चल्न सकेनन्, अन्य दबाब र सत्ता तथा शक्तिका खातिर चीनको सुझावलाई लत्याउन बाध्य भएको देखियो । सडकमा देखिएको सत्तारूढ कम्युनिष्टको प्रायोजित जनविद्रोह एकाएक मत्थर भएपछि चीन खङ्ग्रङ्गै हुनपुगेको छ । नेपाली कम्युनिष्टले एकपल्ट फेरि जातभाइलाई घात गरेको अर्थमा चीनले बुझेको छ ।
नेपाली कम्युनिष्ट अवसरवादी हुन् भन्ने सत्य एकपल्ट फेरि सावित भएको छ । कम्युनिष्टहरू भारत, चीन, पश्चिमा र अरब खाडीको पानी पनि पिउन थालेका छन् । एकैपल्ट चार कुवाको पानी पिउने जात कसरी चीनपक्षीयमात्र हुनसक्थ्यो र ?
चीनले अमेरिकासँग वक्तव्यबाजीमा बाझाबाझ ग¥यो, तर चीनको कुरा नेपाली कम्युनिष्टले सुनेनन् । चीन हलुका भयो । चीन र नेपाली कम्युनिष्टको सम्बन्ध एकपक्षी भइसक्यो भन्छन् विश्लेषकहरू ।
नेपालमा चीनको प्रभाव कति कमजोर रहेछ भन्ने यसपल्ट देखियो । भारतको सदावहार प्रभाव भारतकै मौनताले स्वात्तै घटाएपछि एकजना पूर्व जनरलको भनाई प्रचार गरेर भारतको विरूद्ध लागेमा भुटान र नेपाल युक्रेनको हालतमा पुग्ने धम्की प्रसारित गरेर बसेको छ । दिल्लीको १२ बुँदे सहमति गरेर शक्ति दिल्ली पु¥याउनु, राष्ट्रसंघ बोलाउनु, कांग्रेससँग गठबन्धन गरेर कम्युनिष्टलाई तितरबितर पार्नु र चीनलाई अवमान्ना गरेर एमसिसी संसदबाटै अनुमोदन गर्नुजस्ता तीन कार्यले नेपाली कम्युनिष्टप्रति चीन सशंकित हुनुपर्ने अवस्था सिर्जना हुनपुगेको छ ।
यसैबीच नेपाल र चीनबीचमा रहेको मितेरी साँघु सुनसान भइरहेको छ । चीनले तातोपानीलगायतका नाका बन्द गर्नुका साथै झन झन कसिलो सुरक्षा प्रवन्ध मिलाएको छ । चीनले नेपालसँगको १३८९ किलोमिटर सीमालाई सिल गर्न सुरू गरिसकेका समाचार प्रकाशन हुनथालेका छन् । यो अवस्था भनेको नेपालका लागि आउने दिन चीनबाट असहयोग हुनसक्ने बुझ्न सकिन्छ । अब बामहरू चुनावका माध्यमबाट पातलिदै जाने आँकलन पनि हुनथालेको छ ।