Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमालेलाई जिल्याउन अर्ली इलेक्सन

२३ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । एमाओवादी र एकीकृत समाजवादी अर्थात प्रचण्ड र माधवकुमार नेपालले गठबन्धन कायमै राखेर चुनावमा जाने विषयमा कांग्रेससँग भित्री वार्ता सुरू गरेका छन् । यसका लागि एमालेले संसद अवरोध कायमै राखेमा संसद बिघटन गर्न सकिने भनेर एमालेलाई च्याँखे थापेको बुझ्न सकिन्छ । यता प्रधानन्यायधीशविरूद्धको महाभियोगको समितिमा एमाले पनि सहभागी भएको छ । तर एमालेले माग पूरा नभएसम्म अवरोध कायमै हुने बताइरहेको छ ।
पहिले पनि वैशाखमै चुनाव हुनुपर्ने दावी थियो प्रचण्ड र माधवको । पछि वैशाख ३० गते स्थानीय निकायको चुनाव गर्ने भनियो । यो चुनावका लागि सबै तैयार िगरी प्रकृया सुरू गरिसकेको छ निर्वाचन आयोगले । तर गठबन्धन कायमै राखेर चुनावमा जाँदा लाभ हुने भएकाले यस्तो रणनीति अघि सारेको हुनसक्छ ।