Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

क्रान्तिकारीको अर्को क्रान्ति

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

२०५२ फागुन १ गते क्रान्ति सुरू गरेको पार्टीले २०७८ फाल्गुन १५ गते अर्को क्रान्ति सम्पन्न गरेको छ । क्रान्तिकारी पार्टीका हरेक निर्णय क्रान्तिकारी हुन्छन् । क्रान्तिकारीलाई गगन थापा, मिनेन्द्र रिजालले लतार्नु लतारे, प्रचण्ड मास्क लगाएर हेरिरहे, सुनिरहे । एमसिसीका सामु क्रान्तिकारीको आत्मसमर्पण पनि क्रान्तिकारी नै देखिदो रहेछ भन्ने विश्लेषकहरूले टिप्पणी गर्न थालेका छन् ।
प्रचण्ड वास्तवमा डायनामिक लिडर हुन् । उनको गतिशील नेतृत्वकै कारण ओली सरकार फालियो, गठबन्धन सरकार बन्यो, चमत्कारिक रूपमा एमसिसी पारित भयो । मिनेन्द्र रिजालले प्रष्टै भनिदिए– व्याख्यात्मक टिप्पणीले सम्झौताको मूल मर्ममा असर गर्दैन, केही नेताको जुँगाको लडाइँ जोगाइदिएकोमात्र हो । ठूलो पार्टी फेल भो, सडक र कार्यकर्ता फेल भए । एमसिसी पास भो । सभामुख पास भए । १० वर्षे जनयुद्ध पास भो ।