Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालमा लोकतन्त्र र कम्युनिजम आमने सामने

०९ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

काठमाडौं । लोकतन्त्र आएको १५ वर्ष भयो, हाम्रा नेताहरू यसरी सफलताको हाँसो हाँस्न सकेको देखिदैन ।
विधि समाप्त भयो, संविधान होइन, परमादेश सरकार चलाउँछन् र एकदोस्रा पार्टीलाई जसरी पनि खुइल्याउने कर्ममात्र गर्छन् । भ्रष्ट छन्, अनैतिक छन् । यसैले त जनता हरेक दिन असन्तुष्ट भइरहेका छन् । यी कस्ता नेता हुन् जो आफ्नो विफलतालाई जनता जनताबीच भिडाउँछन् र दमन गर्छन् ।
चीन जतिसुकै प्रतिशत साम्यवादी होस्, व्यापारमा अब्बल छ । विश्वशक्ति बन्न अग्रसर छ । अमेरिका जतिसुकै प्रतिशत प्रजातन्त्रवादी होस्, प्रजातान्त्रिक अभियान बिस्तारमा जुटेको छ ।
यहीकारण त अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति कमला ह्यारिस चीनको कटुआलोचकका रूपमा उठेकी छिन् । कमलाले सिन्जियाङमा रहेका उइगुर अल्पसंख्यक मुसलमान समुदायलाई चिनियाँ कम्युनिस्ट सत्ताले अत्याचार गरिरहेको आवाज उठाइन् । सिंगापुर पुगेर चीनविरूद्ध कडा अभिव्यक्ति दिइन् । उनले कोरियाली प्रायःद्वीपमा चीनले बलमिच्याइँ नरोकिए अमेरिकाले प्रतिवाद गर्ने चेतावनी दिइन् । कमलाले स्पष्ट भनेकी छिन्– ‘सिङ्गै क्षेत्रका लागि इन्डो–प्यासिफिक भिजन आशावादी सोच हो, यो चीनलाई काउन्टर दिन होइन ।’ तर विश्लेषकहरू भन्छन्– अमेरिकाको हरेक नीति बढ्दो कम्युनिजमको न्यूनिकरण लक्षित रहेको छ ।
नेपालमा एमसिसीका सम्बन्धमा चीनले प्रतिवाद ग¥यो । कमलाको अभिव्यक्तिप्रति चिनियाँ विदेश मन्त्रालयले अमेरिकी स्वार्थी, बलमिच्याइँ शैली भनेर कडा शब्दको प्रयोग गरेकै हो । अझ बेइजिङले अफगानिस्तानबाट बहिर्गमित हुनुपर्दाको अमेरिकी पीडालाई अरू देश धम्क्याएर मलमपट्टी गर्न खोजेको अर्थमा समेत प्रस्तुत गरिदियो । प्रवक्ता वाङ वेन्विनले यो क्षेत्रमा अमेरिकाले पूर्ण रूपमा विश्वसनीयता गुमाइसकेको टिप्पणीसमेत गर्न पुगेका थिए । तिनै वाङले आज एमसीसी सहायता र नेपालको पछिल्लो घटनाक्रम जोडेर अमेरिकालाई धम्की दिएका हुन् ।
सवाल प्रजातन्त्र र कम्युनिजमको द्वन्द्व हो । यही द्वन्द्वमा कुन पद्धति ठिक भन्ने मुद्दा अन्तरनिहित छ । यो द्वन्द्व महाशक्तिबीच आ–आफ्ना मुद्दाको छद्मयुद्ध पनि हो ।
सत्ता राजनीतिको दाउपेच छाडेर नेपालका प्रजातन्त्रवादी र बामवादीले राष्ट्रवाद सोचुन् ।